alliance khabar

बुधबार, चैत्र १४, २०८०

काठमाडौँ, १४ चैत ः काठमाडौँको तारकेश्वर नगरपालिकाको ११ वटा वडामा ‘न्यायिक मेलमिलाप केन्द्र’ स्थापना गरेको छ । नगरपालिका स्थापना भएको सात वर्षपछि तारकेश्वरले आफ्ना जनतालाई घरदैलोमा न्यायिक सेवा प्रदान गर्ने उद्देश्यले ११ वटा वडामा न्यायिक मेलमिलाप केन्द्र स्थापना गरेको हो ।

उक्त कार्यक्रमअन्तर्गत हालसम्म वडा नं १, २ र ३ मा न्यायिक मेलमिलाप केन्द्र स्थापना भइसकेका छन् । नगरपालिका प्रमुख कृष्णहरि महर्जनले समस्या परेका तारकेश्वरबासीलाई घरदैलोमै न्यायिक सेवा उपलब्ध गराउने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो ।

उहाँले कुनै ठाउँ, जातजाति, लिङ्ग नहेरी समग्र न्यायिक हिसाबले काम गर्न मेलमिलापकर्तालार्ई आग्रह गर्नुभएको छ । “मेलमिलाप गर्ने क्रममा तपार्इंले चिनेजानेका मानिस पनि हुनसक्छन्,” उहाँले भन्नुभयो, “वादी वा प्रतिवादीको विषयमा निर्णय गर्नुपूर्व उनीहरुले गरेको कुरा न्यायिक छ कि छैन ? त्यो मूल्याङ्कन गर्ने क्षमता तपार्इंहरुमा हुनुपर्दछ ।”

नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक सृजना बुर्लाकोटी अर्यालले तारकेश्वरको न्याय सम्पादन चुस्त, दुरुस्त र जनतालाई छरितो रुपमा प्रदान गर्न मेलमिलापकर्ताले काम गर्नुपर्ने बताउनुभयो । “मेलमिलाप गराउने क्रममा दबाब र प्रभाव आउन सक्छ, निडर भएर काम गर्नुहोस्,” उहाँले भन्नुभयो ।

विसं २०७३ मा स्थापना भएको तारकेश्वर नगरपालिकाको न्यायिक समितिले ११ वटा वडाका उजुरी केन्द्रीकृत गरेर न्यायिक निरुपण गर्दै आए पनि अब वडामै न्यायिक मेलमिलाप केन्द्र स्थापना गरिएको हो । राष्ट्रिय न्यायिक प्रतिष्ठानबाट ४८ घण्टाको तालिम मेलमिलापकर्तालाई दिएर हरेक वडामा मेलमिलाप केन्द्र राख्ने तयारी भएको नगरपालिकाले जनाएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय निकायको उपप्रमुख वा उपाध्यक्षको नेतृत्वमा अर्धन्यायिक निकायको परिकल्पनासहित न्यायिक समिति गठन गर्ने अधिकार प्रत्यायोजन गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल