काठमाडौँ पौष ,२० गते
नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ जिल्ला समितिले स्थानीय तहहरूमा ट्रेड युनियन विस्तार ,श्रम सम्बन्ध समितिको गठन, श्रमिकको पञ्जीकरण र अनौपचारिक तथा स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम चन्द्रगिरी नगरपालिकामा सम्पन्न गरेको छ।
७५३ वटै स्थानीय तहमा रहेका सम्पूर्ण अनौपचारिक र स्वरोजगार श्रमिकलाई पञ्जीकरण गराई राज्यले प्रदान गर्ने न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा लगायतका योजना कार्यान्वयन गर्नु स्थानीय तहको दायित्व रहेको छ।
वक्तव्यको क्रममा चन्द्रागिरी नगरपालिकाभित्र अनौपचारिक तथा स्वरोजगार श्रमिकहरूलाई राज्यबाट प्रदान गर्ने सेवा सुविधा दिलाउन र सरोकारवाला निकायहरूलाई यस्ता किसिमका कार्यक्रममा नगरपालिकाको हातेमालो रहने चन्द्रगिरी नगरपालिकाका मेयर घनश्याम गिरिले बताउनुभयो।
“जब राज्यले प्रदान गर्ने सेवासुविधा, सामान्य जीविकोपार्जन गरि जीवनयापन गर्ने श्रमिक हरूले उपभोग गर्न पाउदछन् तब मात्र साँचो अर्थमा समाज समृद्ध भएको ठहरिन्छ, उहाँले बताउनुभयो।”
कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेसका काठमाडौँ जिल्ला अध्यक्ष देवी प्रसाद भुसाल सभापति रहनु भएको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सांसद यमुनादेवी श्रेष्ठ , विशिष्ट अतिथि चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, विशिष्ट अतिथि नेपाल ट्रेड युनियन काङ्ग्रेसका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र जंग कार्की लगायत ट्रेड युनियनका नेताहरू र चन्द्रागिरी नगरपालिकाभित्र अनौपचारिक र स्वरोजगार क्षेत्रमा काम गर्ने श्रमिकहरूको उपस्थिति रहेको थियो।