हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमोटर सेयरमा आइतबार चलखेल भएको छ। नेप्सेको अनुसार आइतबारको अन्तिम समयको कारोबार हेर्ने हो भने ब्रोकर नम्बर ६ को प्लेटफर्म मार्फत ४० कित्ता सेयर फालेर एकै कारोबारमा कम्पनीको ४६.६० रुपैयाँ घटाइएको छ।
दिनभरको हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमोटर सेयर को १६,६६३ कित्ता किनबेच भएको देखिन्छ। जसमा ब्रोकर नम्बर ४२ को प्लेटफर्म मार्फत १६४४९ कित्ता मात्र १६४४९ कित्ता झन्डै ४२२ रुपैयाँ प्रति कित्ताको औसत मुल्यमा किनिएको देखिन्छ। तेस्तै ब्रोकर ६ ले मात्रै आइतबार ६०५९ कित्ता बेचेको देखिन्छ औसत ४१९ रुपैयाँमा।
अन्तिम दुई कारोबार नियाल्ने हो भने ४३९.६० मुल्यबाट १० कित्ता किनेर ब्रोकर ४२ ले कम्पनीको मुल्य ४४६.६० रुपैयाँ पुराएको देखिन्छ। तेस्तै दिनको अन्तिम कारोबारमा ४४६.६० मुल्यबाट ४० कित्ता सेयर बेचेर ब्रोकर ६ ले एकैपटक ४६.६० रुपैयाँ घटाइदियर कम्पनीको मुल्य बन्द ३९८ रुपैयाँ भएको छ। यस एकै कारोबारले ब्रोकर ४२ लाई १० लाख ६८ हजार रुपैयाको घाटा भएको छ।
ब्रोकर नम्बर ६ आफ्नो सेयर बेचेर त्यसै सेयरको मूल्य घटाउन सफल देखिन्छ।
नियमित कारोबारमा दुई प्रतिशत भन्दा बढीले घटबढ नहुनु पर्नेमा मार्केट सेसन(एमकेटि) को प्रयोगले यस्तो गलत अभ्यास भएको देखिन्छ। मार्केट सेसनमा सेयर मात्रै राख्न पाइन्छ। तर मूल्य तोक्न पर्दैन। कसैले किन्न वा बेच्न राखेको कित्ता राख्दा मात्र पनि कारोबार हुन्छ। यसबाट थोरै कित्ताको कारोबारबाट मूल्यमा निकै ठूलो परिवर्तन गर्ने देखिन्छ।
जसलाई घाटो लागेको छ उसले यस कारोबारलाई चलखेलको संज्ञा दिनेगरेको छ भने जसलाई फाइदा भएको छ उसले यसलाई बजारको बिउटि भन्ने गरेको छ।