alliance khabar

आइतबार, साउन १४, २०८०

काठमाडौं – नेपाल र चीनबीचको पुरानो उत्तरी नाका तातोपानी (कोदारी) मानिसका लागि पनि खुला गरिने भएको छ ।

आठ वर्षयता आयात–निर्यात मात्रै हुँदै आएको तातोपानी नाकाबाट मानिसलाई समेत आवतजावत गर्न दिने गरी दुई देशबीच सहमति भएको हो ।

नेपाल–तीब्बत व्यापार सहजीकरण समितिको एघारौँ बैठकले तातोपानी नाकालाई आगामी दुई महिनाभित्रै मानवका लागि समेत खुला गर्ने सहमति गरेको हो ।

तिब्बतमा हालै सम्पन्न बैठकमा सेप्टेम्बर महिनाभित्र नाका मानवका लागि समेत खुला गर्ने निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले बताए ।

‘बैठक फलदायी भयो, थुप्रै विषयमा छलफल र सहमति भए,’ तिवारीले भने, ‘सेम्टेम्बर महिनाभित्र तातोपानी नाका मानवका लागि समेत खोल्न उहाँ (चिनियाँ)हरू सहमत हुनुभयो, निर्णय भएर माइन्युट नै भएको छ, यो सबैभन्दा महत्वपूर्ण उपलब्धि भयो ।’ तिवारीले नेतृत्व गरेको नेपालको सात सदस्यीय वार्ताटोली शनिबार मात्रै काठमाडौं आइपुगेको छ ।

०७२ को भूकम्पपछि तातोपानी नाका करिब चार वर्ष पूर्ण रूपमा बन्द भएको नाका १६ जेठ ०७६ मा पुनः सञ्चालनमा आएपनी, मानिसका लागि भने खुला गरिएको थिएन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल