Alliancekhabar

आइतबार, साउन १४, २०८०

नेपालगञ्ज, साउन १४ गते ।  गर्मीका कारण ज्वरो, निमोनिया र पखालाका बिरामी बढी रहेकै बेला बाँकेमा पछिल्लो समयमा आँखा पाक्ने रोगका धेरै बिरामी अस्पताल आउन थालेको आँखा अस्पतालले जनाएका छन् । चिकित्सकहरुका अनुसार आँखासम्बन्धी समस्या गराउने ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण बाँकेमा फैलिएकोले आँखा पाकेर उपचारका लागि अस्पताल आउने बिरामी दिनदिनै बढ्दै गएका हुन् ।

भिजन आँखा अस्पताल नेपालगञ्जका नेत्र रोग विशेषज्ञ डा. प्रचण्ड गौतमले पछिल्लो समय आँखा पाकेर वा अन्य समस्या भएर उपचारका लागि अस्पताल आउने बिरामीको सङ्ख्या एक्कासि बढेको बताउनुभयो । उहाँले कन्जक्टिभाइटिस भाइरसका कारण आँखा पाक्ने समस्या भएर बिरामी परेका ५० भन्दा बढी बिरामी दैनिक आफ्नो अस्पतालमा मात्र आउने गरेको बताउनुभयो । जिल्लामा आँखा अस्पताल र उपचार केन्द्रहरु दर्जन जति सञ्चालनमा छन् ।

नेत्ररोग विशेषज्ञ डा. गौतमले थप्नुभयो, “अहिले अधिकांश बालबालिकामा आँखा रातो हुुने, चिलाउने, बिझाउने, परेली सुनिने, आँसु आउने र कसैकसैलाई चिप्रा आउने जस्ता समस्या देखिएका छन् ।”

अहिले आँखा अस्पताल पुग्नेमध्ये अधिकांश बिरामी कन्जक्टिभाइटिस भाइरससँग सम्बन्धित समस्या लिएर पुग्नेहरु नै हुने गरेको विभिन्न अस्पतालले जनाएको छ ।

फत्तेबाल आँखा अस्पताल नेपालगञ्जका चिकित्सक डा. उमेर सादिकले पनि अहिले कन्जक्टिभाइटिस भाइरसबाट पीडित भएर अस्पताल पुग्नेहरु बढ्दै गएको बताउनुभयो ।

चिकित्सकहरुले कन्जक्टिभाइटिस भाइरस तीव्र गतिमा फैलिने सङ्क्रामक भाइरस भएको बताएका छन् । उनीहरुले यो भाइरस एकदेखि डेढ हप्तासम्म आफैं निको हुने भए पनि कुनै व्यक्तिमा समस्याका रुपमा देखिन सक्ने भएकाले सचेत रहन सबैसँग आग्रह गरेका छन् ।

यो भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने भएकाले रोगीको सम्पर्कबाट टाढा नै बस्नु बेस हुने चिकित्सकहरुको सुझाव छ । नेत्ररोग विशेषज्ञ डा. गौतमले यसमा सरसफाइमा ध्यान दिनुपर्ने जनाउँदै यसको लक्षण चिन्ह देखिएका बिरामीलाई आइसोलेट गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने र आँखामा समस्या देखिएका बालबालिकालाई विद्यालयमा नपठाउने जस्ता सचेतना अपनाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले यो भाइरसबाट एकदेखि डेढ सातासम्म छुटकारा पाइने जनाउँदै नआत्तिन सबैलाई अनुरोध गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल