Alliancekhabar

शनिबार, साउन ०६, २०८०

जनस्वास्थ्य सरोकार, काठमाडौँ । माइग्रेनमा टाउको धेरै दुख्ने भएकाले अधिकांश बिरामीले ट्युमर भएको ठान्छन् र सिटी स्क्यान एवं एमआरआई गर्न आग्रह गर्छन् । उनीहरुमा क्यान्सरका कारण टाउको दुखेको त्रास हुन्छ । मलाई पनि माइग्रेन छ । शुरुमा टाउको हल्काफूल्का दुखेपनि खासै ख्याल गरेको थिइनँ । पछि माइग्रेन भएको पत्ता लागेपछि ५ वर्षदेखि औषधि सेवन गरिरहेको छु । माइग्रेनमा टाउको दुखाइ हार्ड एण्ड फास्ट टाइममा हुँदैन । यसले कुनै पनि बेला आक्रमण गर्न सक्छ ।

प्रायजसो कतिलाई बिहान उठ्ने बेला हल्का मन्द दुख्छ, त्यसपछि बिस्तारै बढ्दै जान्छ । पछि यति धेरै दुख्छ कि काम नै गर्न सकिदैन । त्यो बेला टाउको बाँधेर अध्यारो कोठामा सुत्नुपर्छ । मलाई पनि यस्तै समस्या हुन्थ्यो । टाउको चर्को दुखेपछि काम गर्न गाह्रो हुन्छ ।

टाउको दुखाइलाई ० देखि १० सम्म लेवलिङ नम्वर दिने गर्दछौं । ० भनेको दुखाइ नहुने र १० भनेको सबैभन्दा धेरै दुखाइ हो । ०—१० सम्मको अनुपातलाई पेन स्केल मानिन्छ । माइग्रेनको एट्याक्ट आउँदा पेन स्केलमा ७ देखि १० सम्म दुख्छ । एकदमै सिभियर डिस्याविलटी ह्याडेक हुन्छ । यस समयमा कुनै पनि काम गर्न सकिदैन । यस्तो बेलामा एकै ठाउँमा शान्त भएर बस्नुपर्ने बनाउँछ ।  

हर्मोनल परिवर्तनका कारण माइग्रेन पुरुषको तुलनामा महिलाहरुमा ४ गुणा बढी हुने गरेको पाइन्छ । धेरै महिलाहरुलाई महिनावारी बन्द भएपछि हराएर जान्छ पनि । माइग्रेन भएका व्यक्तिका ९० प्रतिशत आफन्तलाई माइग्रेन हुनसक्छ ।
संसारको तथ्याङ्क केलाउँदा ५० प्रतिशत भन्दा बढी व्यक्तिलाई जीवनको कुनै पनि समयमा टाउको दुख्ने समस्या हुने गरेको छ । माइग्रेनमा टाउको यति धेरै दुख्छ कि व्यक्तिले आफ्नो उत्पादनशीलता नै चुकाउनुपर्ने अवस्था आउँछ । कतिको एक महिनामा एकपटक र कतिपयको हप्तामा २–३ पटकसम्म टाउको दुखाइ हुनसक्छ । माइग्रेनमा ४ घण्टादेखि ७२ घण्टा अर्थात ३ दिनसम्म टाउको दुःख्नसक्छ ।

माइग्रेनमा पहिलो बिस्तारै टाउको दुख्न शुरु भई क्रमशः टाउको दुखाइको तिखोपना बढ्दै जान्छ । कसैकसैमा ७२ घण्टाभन्दा बढी दुख्नसक्छ जसलाई स्टाटस माइग्रेन भनिन्छ जुन अति कष्टदायक हुन्छ ।   

माइग्रेनका प्रकार
एक्युट र क्रोनिक गरी माइग्रेन दुई प्रकारका हुन्छन् । महिनामा १५ दिनभन्दा बढी दुख्ने भएमा त्यसलाई क्रोनिक माइग्रेन र १५ दिनभन्दा कम दुख्ने समस्यालाई एक्युट माइग्रेन भनिन्छ ।

टाउको दुख्दाको लक्षण
यस्तो बेलामा टाउको वल्किने, वाकवाक लाग्ने, उल्टी हुने, कोही बोलेमा वा कोलाहल वातावरणमा झिझो मान्ने, घाम वा चर्को उज्यालोमा जाँदा गाह्रो हुने, अलिकति चलामान भएमा पनि टाउको दुख्नसक्छ । टाउको दुखाई शुरुमा कम र क्रमशः चर्को हुँदै जान्छ ।

माइग्रेन आउनुभन्दा पहिलाको लक्षण
माइग्रेनको एट्याक्ट आउँदा कसैकसैलाई टाउको दुख्नेबाहेक अरु केही लक्षणहरु देखिन्छन् जसलाई औरा भनिन्छ । औरा एट्याक हुँदा चक्कर लाग्ने, भिजन हराउने, आँखा धमिलो हुने, आँखामा झिल्का हान्ने, आँखा तिरीमिरी हुने आदि हुन्छ । यस्ता लक्षणहरुपछि विस्तारै टाउको दुख्न शुरु हुन्छ ।

माइग्रेन किन हुन्छ ?
माइग्रेनको कारण वैज्ञानिकहरुले एकिनका साथ भन्न सकेका छैनन् । अहिलेसम्मको बुझाइमा मस्तिष्कमा दुखाइलाई नियन्त्रण गर्ने सिस्टममा अवरोध हुँदा दुखाइलाई नियन्त्रण गर्ने ठाउँमै गएर असर गर्ने कारणले दुखाइ शुरु भएको मानिन्छ ।

माइग्रेन र अरु टाउको दुखाइमा के फरक छ ?
माइग्रेन हुँदा एकदमै तिखो किसिमले टाउको बल्किन्छ । यो प्रायः कञ्चटतिर दुख्छ । त्यहाँबाट बल्किन थाल्छ । त्यसपछि अपोजिट साइडमा जान्छ र कहिलेकाँही पूरै टाउको दुख्न सक्छ । कसैकसैलाई गर्धनपछाडिबाट पनि टाउको दुख्नसक्छ । आधा टाउकोबाट दुख्ने भएकाले माइग्रेनलाई नेपालीमा अर्धकपाली पनि भनिन्छ । संसारभर टेन्सन टाइप हेडेक बिरामीको माइग्रेनभन्दा बढी भएता पनि टेन्सन टाइप हेडेक त्यति तिखो हुँदैन । मन्द किसिमले दुख्ने भएकाले दैनिक काम गर्न भने सकिन्छ ।

माइग्रेनले दिनको कुनै पनि समयमा आक्रमण गरेर टाउको दुखाउन सक्छ । तर टेन्सन टाइपको हेडेक बेलुकातिर बढी दुख्ने हुन्छ र आराम गरेपछि कम हुन्छ ।

इमर्जेन्सी आगमन
अत्यधिक टाउको दुख्ने समस्या लिएर ५० प्रतिशतको आसपासका बिरामीहरु इमर्जेन्सी आउने गरेको पाइन्छ । माइग्रेसका बिरामीहरु अति गाह्रो भएर रातको समयमा समेत आउने गरेको पाइन्छ ।

उपचार
एवोटिभ र प्रिभेन्टिभ थेरापीअन्तर्गत माइग्रेनको उपचार गरिन्छ । तत्काल दुखेको बेलामा औषधि प्रयोग गरिने विधि एवोटिक थेरापी हो भने टाउको दुख्न आउन नदिने विधि प्रिभेन्टिभ थेरापी हो । प्रिभेन्टिभ थेरापी केही महिना हरेक दिन सक्नुपर्ने हुन्छ ।

औषधिको साइड इन्फेक्ट
टाउको दुखेको बेलामा पारासिटामोल, फ्लेक्सन, न्याप्रोसिनलगायतका औषधि खाने गरिन्छ । यी औषधिहरु धेरै सेवन गरेको अवस्थामा मिर्गौलालाई असर गर्नसक्छ । यी औषधि महिनाको ४—५ पटकमात्र खान मिल्छ । त्यो भन्दा बढी खान हुँदैन ।

माइग्रेनका बिरामीले के खान हुँदैन ?
माइग्रेनका बिरामीहरुलाई केही खानेकुराहरुले ट्रिगर गरिरहेको हुन्छ जसलाई ट्रिगर फ्याक्टर भनिन्छ । ट्रिगर फ्याक्टर माइग्रेनका बिारमीअनुसार फरक फरक हुनसक्छ ।

(ट्रिगर फ्याक्टरमा अमिलो फल, अमिलिएको दही मोही, तामा, गुन्द्रुक, सिसामा राखेको अचार, अजिनोमोटो राखेको खानेकुरा, कालो चक्लेट, चिज, चिसो पानी, चिसो पेय पदार्थ, क्यानमा प्याक गरिएका खानेकुरा, रक्सीजन्य पदार्थ रहेका छन् । यस्ता खानेकुराहरुको सेवनले माइग्रेनमा टाउको दुख्न शुरु हुन्छ ।)

यसका साथै अनिदो र खाली पेट बस्दा, निद्रा नपुगेमा पनि टाउको दुख्नसक्छ साथै बढी सुतेपनि टाउको दुख्छ । तातो वा चिसो हावाले पनि टाउको दुखाउन सक्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल