alliance khabar

शनिबार, कार्तिक ०४, २०८०

पर्वत, ४ कात्तिक : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पर्वत अस्पतालको निरीक्षण गर्नुभएको छ ।शुक्रबार साँझ यहाँ आउनुभएका मन्त्री बस्नेतले अस्पतालका भौतिक पूर्वाधार र उपचार सेवालगायतका बारेमा जानकारी लिनुभएको हो । हालै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको मूल्याङ्कनमा प्रदेशभरिमै उत्कृष्ट बनेको अस्पताललाई बधाई दिँदै उहाँले यसको थप स्तरोन्नति र गुणस्तरीय सेवा सुविधा प्रदान गर्नका लागि आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले आधारभूत स्वास्थ्य सुविधा पाउने नागरिकको नैसर्गिक अधिकार रहेको जनाउँदै जिल्लाबाट प्रदान गर्न सकिने सबै सेवा, सुविधा उपलब्ध गराउनसमेत निर्देशन दिनुभएको छ । उहाँले अस्पतालका लागि आवश्यक दरबन्दी, एम्बुलेन्स र अन्य उपकरण उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले पर्वत अस्पतालको वर्तमान अवस्था, दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मीको कमी, ५० शय्याको मान्यता प्रदान गर्नुपर्नेलगायतका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले सुविधासम्पन्न ‘क’ वर्गको एक, अन्य दुईवटा एम्बुलेन्स, युएसजी मेसिन र हाडजोर्नीसम्बन्धी उपकरण उपलब्ध गराइदिन मागपत्रसमेत पेस गर्नुभएको छ ।

विसं २०४६ मा १५ शय्या क्षमतामा स्थापना भएको जिल्लाको सो अस्पताल अहिले ५० शय्याको रूपमा स्तरवृद्धि भइरहेको छ । अस्पताल विकास समितिले ४१ शय्या थपेर अहिले ५६ शय्या सञ्चालनमा आएका छन् । अस्पतालमा ओपिडी सेवासँगै विभिन्न खालका शल्यक्रिया, डायलायसिस, दन्त, हाडजोर्नी, आँखा उपचारलगायतका सेवा प्रवाह हुँदै आएका छन् ।

पर्वत, बाग्लुङ र स्याङ्जाका गरी दैनिक तीन सय जनासम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल