alliance khabar

शुक्रबार, आश्विन ३०, २०८३

काठमाडाैं, असाेज ३० गते ।

कागेश्वरी मनोहरा नगरपालिकाले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रहरी वृत्त बौद्धलाई साढे १४ लाख रुपैयाँभन्दा बढी मूल्यका सडक सुरक्षा सामग्री हस्तान्तरण गरेको छ।

नगरप्रमुख उपेन्द्र कार्कीले ७७ वटा ठूला र ४० वटा साना प्लास्टिक सफ्ट ब्यारियर (सडक डिभाइडर) प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक मदनजित महरालाई हस्तान्तरण गर्नुभएको हो।

सामग्री हस्तान्तरण कार्यक्रममा नगरप्रमुख कार्कीले सडक सुरक्षा र व्यवस्थित ट्राफिक व्यवस्थापनका लागि स्थानीय सरकार र सुरक्षा निकायबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले सवारी दुर्घटना न्यूनीकरण, सडकमा सवारी आवागमन सहज बनाउने तथा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्ने उद्देश्यले नगरपालिकाले प्रहरीलाई आवश्यक सामग्री उपलब्ध गराएको उल्लेख गर्नुभयो।

‘सडक सुरक्षा नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो। सवारी दुर्घटना न्यूनीकरण गर्नु र सडकमा सवारी आवागमनलाई सुरक्षित तथा व्यवस्थित बनाउनु हाम्रो साझा जिम्मेवारी हो,’ नगरप्रमुख कार्कीले भन्नुभयो, ‘यसका लागि नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग समन्वय तथा सहकार्य गर्दै नगरपालिकाले आवश्यक सहयोगलाई निरन्तरता दिनेछ। सडक सुरक्षालाई प्रभावकारी बनाउन स्थानीय सरकारका तर्फबाट गर्नुपर्ने काममा हामी प्रतिबद्ध छौँ।’

उहाँले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक पूर्वाधार र उपकरणको उपलब्धतासँगै सम्बन्धित निकायबीचको समन्वय पनि उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक महराले ट्राफिक व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराउन नगरपालिकाले देखाएको पहल र अग्रसरताप्रति आभार व्यक्त गर्नुभयो। हस्तान्तरण गरिएका सामग्रीको अधिकतम उपयोग गरी ट्राफिक व्यवस्थापनलाई थप चुस्त, व्यवस्थित र प्रभावकारी बनाउने उहाँले प्रतिबद्धता जनाउनुभयो।

उहाँले आन्दोलनका क्रममा ट्राफिक व्यवस्थापनमा प्रयोग हुने सामग्रीहरू जलाएर नष्ट पारिएको स्मरण गर्दै नयाँ सामग्री प्राप्त भएपछि सडक सुरक्षा कायम गर्न तथा ट्राफिक व्यवस्थापनका कामलाई सहज बनाउन सहयोग पुग्ने बताउनुभयो।

कागेश्वरी मनोहरा नगरपालिकाले यसअघि पनि सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सुधारका लागि विभिन्न सामग्री तथा उपकरण उपलब्ध गराउँदै आएको छ। नगरपालिकाले ट्राफिक आइल्याण्ड स्थापना, मादक पदार्थ सेवन गरी सवारी चलाए–नचलाएको जाँच गर्ने ब्रेथलाइजर मेसिन, ट्राफिक संकेत तथा चिह्न, जेब्राक्रसमा प्रयोग हुने रोड डिभाइडर, ट्राफिक कोन, जथाभावी पार्किङ नियन्त्रणका लागि ह्विल लक तथा ट्राफिक नियम उल्लङ्घनका घटनाको प्रमाण सङ्कलन गर्न प्रयोग हुने बडी अन क्यामेरालगायतका सामग्री प्रहरी वृत्त बौद्धअन्तर्गतका ट्राफिक प्रहरी प्रभाग तथा बिटहरूलाई उपलब्ध गराएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ