alliance khabar

शुक्रबार, आश्विन ३०, २०८३

ललितपुर, असोज ३० गते ।

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्य पदमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन सर्वाधिक मतसहित विजयी हुनुभएको छ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार महर्जन पाँच हजार ३३० मत ल्याएर पहिलो स्थानमा निर्वाचित हुनुभएको हो।

त्यसैगरी, प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका सचेतक निष्कल राई चार हजार ९५६ मत प्राप्त गरी दोस्रो स्थानमा रहनुभयो। बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ चार हजार ७३२ मतसहित तेस्रो स्थान हासिल गर्दै केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो।
कांग्रेसको विधानअनुसार खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुने व्यवस्था छ।

चौथोदेखि १०औँ स्थानसम्म 

प्रा. डा. गोविन्दराज पोखरेल (४,४६०), इ. मोहन आचार्य (४,३७०), जितनारायण श्रेष्ठ (४,३४७), प्रवल थापा (४,१७५), गणेश लामा (३,९२५), राजीव कोइराला (३,९१३) र हिमालदत्त श्रेष्ठ (३,७३४)।

११औँ देखि २०औँ स्थानसम्म 

डा. शोभाकर पराजुली (३,४८८), विद्वान् गुरुङ (३,४६८), अर्जुनप्रसाद जोशी (३,३९३), इ. अमृत ज्ञवाली (३,३४९), सन्दीप राना (३,२७१), इ. नवराज त्रिपाठी (३,२६३), भरतकुमार शाह (३,१८५), नरेन्द्रकुमार केरुङ (३,१६४), मीनकृष्ण महर्जन (३,१००) र बलदेव तिमल्सिना (३,०७१)।

२१औँ देखि ३०औँ स्थानसम्म 

महेश खरेल (३,०२८), जन्मजय तिमल्सिना (२,९७०), युवराज पाण्डेय (२,९४६), कुमार लुइँटेल (२,८८०), इ. ऋषि कोइराला (२,८६१), इ. दीपक बाबु कँडेल (२,८५१), उज्ज्वलप्रसाद बराल (२,८२२), किरण केसी (२,७७४), दीपक भट्टराई (२,७६३) र महेन्द्रकुमार शर्मा (२,७४७)।

३१औँ देखि ४०औँ स्थानसम्म

डा. सुरजराज काफ्ले (२,६४३), डा. मुकेशराज काफ्ले (२,५९९), मदनकृष्ण श्रेष्ठ (२,५८६), प्रमोदहरि गुरागाईं (२,५५९), लेखनाथ पोखरेल (२,४९५), किरण किशोर घिमिरे (२,४७१), रवि सिंह (२,४५९), डा. कृष्णप्रसाद पौडेल (२,४५५), तिलकबहादुर रानाभाट (२,४४४) र प्रदीपकुमार सुनुवार (२,४३०)।

४१औँ देखि ४५औँ स्थानसम्म

प्रकाशसिंह कार्की (२,४१९), डा. मुक्तिराम श्रेष्ठ (२,३५७), कृष्ण रिजाल (२,३४२), नीलकण्ठ रिजाल (२,३०५) र सुधांशु कोइराला (२,२५६)।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ