alliance khabar

मंगलबार, आश्विन २७, २०८३

रसुवा, असोज २७ गते ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असरबाट जोखिम भोगिरहेको नेपाललाई सघाउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्नुभएको छ ।

रसुवा–भोटेकोशी बाढीबाट अतिप्रभावित क्षेत्रको अवस्था निरीक्षण गर्न आज रसुवाको स्याफ्रुबेँसी पुग्नुभएका उहाँले विश्वव्यापी कार्बन उत्सर्जन र जलवायु परिवर्तनका कारण नेपालले हिमपहिरो तथा बाढीजस्ता विपद्को सामना गर्नुपरेको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले स्याफ्रुबेँसीको पुल तत्काल पुनर्निर्माण गर्न र रसुवागढीसम्म सडक सञ्जाल विस्तार गर्न सरकारलाई आग्रह गर्नुभयो । उहाँले बाढीबाट भएको अकल्पनीय क्षतिप्रति दुःखसमेत व्यक्त गर्नुभयो ।

संयोजक दाहाल जिल्ला समन्वय समितिले आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागी हुनुभयो । उहाँले सडक सञ्जाल विस्तार र आवास पुनर्निर्माणलाई अबको मुख्य कामका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । आफूले संसद् र सरकारको ध्यानाकर्षण गराउने उल्लेख गर्दै स्याफ्रुबेँसीमा बेलीब्रिज निर्माण तथा सडक सञ्जाल विस्तारका लागि पहल गर्ने उहाँले बताउनुभयो ।

खोज, उद्धार तथा राहतमा खटिएका सुरक्षा निकाय, स्थानीय सरकार र जनप्रतिनिधिलाई उहाँले धन्यवाद दिनुभयो । दाहालले नदी किनारबाट कति दूरीसम्म घर निर्माण गर्न पाइने भन्ने स्पष्ट मापदण्ड तत्काल बनाउन पनि सरकारलाई आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ