alliance khabar

सोमबार, आश्विन २६, २०८३

लेखनाथ, असोज २६ गते ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षमा पूर्वाधार थप गरिएको छ ।

विगतमा १० शय्याको सघन उपचार कक्ष (आइसियु) चलाइरहेको अस्पतालमा आइतबारबाट २५ शय्या थप भएको हो । अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्ष ३५ शय्याको बनेको छ । अस्पतालमा १६ शय्याको आइसियु, एक शय्याको आइसोलेसन आइसियु र आठ शय्याको सिसियु गरी २५ शय्या आइतबारबाट थप गरिएको हो । सेवा विस्तारबाट सघन उपचार कक्षमा राखी उपचार गर्नुपर्ने बिरामीलाई शय्या अभावका कारण अन्यत्र पठाउनुपर्ने अवस्था अन्त्य हुने विश्वास गरिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा नारायणसिंह गुरुङले पश्चिमाञ्चल अस्पताललाई अन्यत्रबाट रेफर भएर बिरामी आउने तर यहाँ आइसकेपछि सबै खालका उपचार पाउने गरी विकास गरिरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सघन उपचार चाहिने बिरामीलाई यसअघि अन्यत्र रेफर गर्नु पर्थ्यो  । अरू ठाउँबाट रेफर भएर आउनुपर्ने ठाउँ हो । हामीकहाँ आएका बिरामीलाई कतै रेफर गर्नु नपरोस् भन्ने लक्ष्य सार्थक बनाउन हामी लागेका छौँ ।”  यहाँ ५० शय्याको आकस्मिक उपचार युनिट छ । आकस्मिक उपचारका लागि दैनिक डेढ सय जति बिरामी आउने गरेकोमा आठ/दस जनालाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था हुने गरेको प्राडा गुरुङले जानकारी दिनुभयो । गण्डकी प्रदेशको सबैभन्दा ठुलो सरकारी अस्पताल पश्चिमाञ्चल अस्पतालमा दिनमा दुई हजार पाँचभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

केही समयअघि टिकट काउन्टर थपिएकोमा अर्को हप्ता फार्मेसीमा १० वटा काउन्टर थप्ने तयारी भएको छ । प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. झपिन्द्र पोखरेल करिब एक करोड खर्चेर सघन उपचार कक्ष विस्तार भएको बताउनुहुन्छ । २०७२ मा तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्तरोन्नति गरी स्वायत्त शिक्षण तथा स्वास्थ्य संस्थाका रूपमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको हो । प्रतिष्ठानमा अहिले स्नातकोत्तर र स्नातक तहमा चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालनमा छन् । हाल पाँच सय शय्यामा सञ्चालित यो अस्पतालबाट वर्षमै चार लाखभन्दा बढीले स्वास्थ्य सेवा लिने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ