alliance khabar

आइतबार, आश्विन १८, २०८३

काठमाडौँ, असोज १८ गते ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौँमा आइतबारदेखि सुरु हुँदै छ । दिउँसो २:०० बजे खुलामञ्चमा महाधिवेशन उद्घाटन कार्यक्रम राखिएको छ । महाधिवेशनमा स्वदेश तथा विदेशबाट गरी सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने छन् ।

शनिबार खुलामञ्चमा कांग्रेसले गरेको पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय प्रवक्ता देवराज चालिसेले महाधिवेशनका सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउनुभयो । उहाँले देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधि सहभागी हुन उत्साहका साथ काठमाडौँ आउने क्रम जारी रहेको बताउनुभयो । उहाँले पार्टी केन्द्रीय  कार्यालय सानेपामा महाधिवेशन प्रतिनिधिको दर्ता भइरहेको जानकारी दिनुभयो । प्रवक्ता चालिसेका अनुसार उद्घाटन सत्रपछि असोज १९ र २० गते बन्द सत्र सञ्चालन हुने छ । बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन पेस गर्ने कार्यक्रम राखिएको छ ।  प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाइ तीन फरक हलमा छलफल गर्ने तयारी छ । हरेक हलमा रहेका डिजिटल बोर्डबाट सहभागीले प्रस्तुत भएका प्रतिवेदन सुन्न र हेर्न पाउने व्यवस्था गरिने प्रवक्ता चालिसेले जानकारी दिनुभयो ।

महाधिवेशन अन्तर्गत निर्वाचन समितिले असोज १९ गते अपराह्न २:०० देखि साँझ ६:०० बजेसम्म उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ । मनोनयन राष्ट्रिय सभागृहमा गरिने प्रवक्ता चालिसेले जानकारी दिनुभयो । निर्वाचनका कार्यक्रम आवश्यकता अनुसार परिमार्जन हुन सक्ने निर्वाचन समितिले जनाएको छ । प्रवक्ता चालिसेले महाधिवेशन प्रतिनिधिले सहभागिता दर्ताबापत तीन हजार पाँच सय रुपियाँ बुझाउनुपर्ने छ । आवास व्यवस्थापन समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक/एक जना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिका लागि बसोबासको समन्वय गर्ने प्रबन्ध गरेको छ । सहभागीले आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसबाट प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।

इतिहासमा कांग्रेस महाधिवेशन 

  • पार्टी स्थापना, २००३ साल कात्तिक १५ गते, (बनारस, भारत, संयोजक : विश्वेश्वरप्रसाद कोइराला (नेपाली राष्ट्रिय कांग्रेस), अध्यक्ष : सुब्बा देवीप्रसाद सापकोटा ) 
  • पहिलो महाविधेशन : २००३ साल माघ १२–१३ गते भवानीपुर, कोलकाता, भारत, सभापति, टङ्कप्रसाद आचार्य (जेल), कार्यवाहक सभापति : विश्वेश्वरप्रसाद कोइराला
  • दोस्रो महाविधेशन : २००४ माघ २०–२२ गते बनारस, भारत, सभापति विश्वेश्वरप्रसाद कोइराला
  • तेस्रो महाधिवेशन : २००५ फागुन १८ गते, 
  • दरभङ्गा, विहार, भारत, सभापति, मातृकाप्रसाद कोइराला
  • चौथो महाधिवेशन :  २००६ साल चैत २७ गते कोलकाता, भारत, सभापति, मातृकाप्रसाद कोइराला
  • पाँचौँ महाधिवेशन : २००९ जेठ १०–१२ गते जनकपुर, सभापति, विश्वेश्वरप्रसाद कोइराला,
  • छैटौँ महाधिवेशन, २०१२ माघ, वीरगन्ज, सभापति, सुवर्णशमशेर जबरा
  • विशेष महाधिवेशन, २०१४ जेठ, विराटनगर, सभापति, विश्वेश्वरप्रसाद कोइराला
  • सातौँ महाधिवेशन, २०१७ वैशाख २५–३१ गते काठमाडौँ, सभापति, विश्वेश्वरप्रसाद कोइराला (२०३४ सम्म विश्वेश्वरप्रसाद कोइराला सभापति, त्यसै साल कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक दिइयो । भट्टराईले २०४८ फागुनसम्म चलाए ।) 
  • आठौँ महाधिवेशन, २०४८ फागुन १–३ गते झापा, सभापति कृष्णप्रसाद भट्टराई
  • नवौँ महाधिवेशन, २०५३ वैशाख २६–२८ गते काठमाडौँ, सभापति, गिरिजाप्रसाद कोइराला
  • दसौँ महाधिवेशन, २०५७ माघ ९ गते, पोखरा, सभापति, गिरिजाप्रसाद कोइराला
  • एघारौँ महाधिवेशन, २०६२ भदौ १४–१७ गते काठमाडौँ, सभापति, गिरिजाप्रसाद कोइराला
  • बाह्रौँ महाधिवेशन २०६७ असोज १–५ गते, काठमाडौँ, सभापति सुशील कोइराला 
  • तेह्रौँ महाधिवेशन, २०७२ फागुन २०–२३  काठमाडौँ, सभापति शेरबहादुर देउवा
  • चौधौँ महाधिवेशन, २०७८ साल मङ्सिर २४–२७ गते काठमाडौँ, सभापति शेरबहादुर देउवा
  • विशेष महाधिवेशन, २०८२ पुस २७ गते, काठमाडौँ, सभापति गगनकुमार थापा
तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ