alliance khabar

आइतबार, आश्विन १८, २०८३

काठमार्डौँ, असोज १८ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले गरिरहेको कामको गतिलाई थप तीव्र बनाउन निर्देशन दिनुभएको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकमा सरकारले छ महिनाको अवधिमा गरेका काम सन्तोषजनक रहेको विश्लेषण गर्दै थप तीव्र बनाउन निर्देशन दिनुभएको बैठकपछि प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । सरकारका काममा पार्टीको पूर्ण सहयोग रहेको उहाँले बताउनुभयो । उहाँले जनताका समस्या समाधान गर्न पार्टी र सरकार सँगसँगै रहेको भन्दै आगामी दिनमा पार्टी, सरकार र संसद्बिच सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।

उम्मेदवार छनोट संयोजकमा आचार्य  

बैठकले स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन पनि गरेको छ । आगामी स्थानीय निर्वाचनका लागि पार्टी महामन्त्री विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन गरेको प्रवक्ता खरेलले जानकारी दिनुभयो । समितिको सदस्यहरूमा मीलन लिम्बू, रहबर अन्सारी, डा. तोसिमा कार्की, कवीन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी ल्हाजोम र जनक सिंह धामी रहनुभएको छ । पार्टीका सातै प्रदेशका सभापतिहरू उक्त समितिको पदेन सदस्य रहनुहुने छ । अन्य सदस्यहरू पछि मनोनयन गरिने छ ।

बैठकले विभिन्न विभागीय प्रमुख र उपप्रमुख पनि मनोनयन गरेको छ । जसमा प्रवास सम्पर्क विभाग प्रमुखमा मनिष‌ झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रुबिना आचार्य चयन हुनुभएको छ । यसै गरी सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाल, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल, कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपककुमार साह (महोत्तरी), आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्दबहादुर चन्द, संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी, वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म केसी र सामाजिक न्याय तथा समता प्रवर्धन विभाग प्रमुखमा रिमा विश्वकर्मा चयन हुनुभएको छ ।

यस्तै अभियान तथा प्रचारप्रसार विभाग उपप्रमुखमा आनन्द मिश्र र अर्थ विभाग उपप्रमुखमा डिल्लिश्वोर कार्की (रोहन) र संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभाग सदस्यमा सम्राट् बुढाथोकी चयन हुनुभएको प्रवक्ता खरेलले जानकारी दिनुभयो ।

पालिकामा ‘हामी आउँदै छौँ’ अभियान 

बैठकले ‘हामी आउँदै छौँ’ अभियान अन्तर्गत यही असोज २० देखि २७ गतेसम्म केन्द्रीय सदस्य तथा सांसदले  ७७ जिल्लाका ७५३ पालिकासम्म पुगेर जनता, पार्टी तथा सरोकारवालासँग छलफल तथा सुझाव सङ्कलन गर्ने निर्णय पनि बैठकले गरेको छ । अभियानमा सबै केन्द्रीय सदस्य तथा सांसदलाई  अनिवार्य रूपमा परिचालित हुन निर्देशन दिइएको छ ।

यस्तै रास्वपा मधेश प्रदेश सङ्गठनको समस्या तथा समाधानका लागि  सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा गठित कार्यदलले विस्तृत प्रतिवेदन केन्द्रीय समिति बैठकमा पार्टी सभापति रवि लामिछानेलाई बुझाएको छ । उक्त प्रतिवेदनको अध्ययनपछि पार्टीले उपयुक्त कदम चाल्ने खरेलले बताउनुभयो ।

कार्यालय घर किनिने

यस्तै पार्टीको हाल भाडामा रहेको कार्यालयलाई अन्यत्र सार्न पार्टीका लागि जमिन/घर किन्न काठमाडौँ उपत्यकाको पायक पर्ने स्थानमा खोजी गर्न पार्टीका सदस्य तथा शुभेच्छुकलाई केन्द्रीय समिति बैठकले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ