alliance khabar

बिहिबार, आश्विन १५, २०८३

काठमाडौँ, असोज १५ गते ।

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जनकवि दुर्गालाल श्रेष्ठलाई मरणोपरान्त ‘जनकवि अक्षरमहर्षि दुर्गालाल श्रेष्ठ’ उपाधि तथा नागरिक सम्मान प्रदान गरिएको घोषणा गर्नुभएको छ । श्रेष्ठको ४५ औँ पुण्यतिथिका अवसरमा दुर्गालाल साहित्य प्रतिष्ठान र वसन्त चौधरी फाउन्डेसनको संयुक्त आयोजनामा ‘अक्षरयात्रा दशक आठ’ कार्यक्रममा कार्यवाहक प्रमुख डङ्गोलले जीवितै छँदा गत भदौ महिनामा नागरिक अभिनन्दनमार्फत यो सम्मान दिने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नागरिक सम्मानको तयारी भएका बेला भदौ १ गते उहाँको निधन भएको थियो । त्यसैले मरणोपरान्त नागरिक अभिनन्दन गर्ने निर्णय गरिएको हो ।” श्रेष्ठको भाषा र साहित्यप्रतिको समर्पण भावी पुस्ताका लागि अनुकरणीय रहेको पनि डङ्गोलले बताउनुभयो ।

यस्तै कार्यक्रममा जनकवि दुर्गालाल श्रेष्ठका छ वटा कवितासङ्ग्रह मरणोपरान्त सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएका कवितासङ्ग्रहमा हामायू (नेपाली), हामायू (नेपाल भाषा), काँडामा कविता, फुल्न बाँकी, थुगु थुलिं खः कि जिं छुं मथू र पिजा (फिँज) रहेका छन् । नेपाली र नेपाल भाषा दुवैमा रचिएका यी कृतिमध्ये हामायू कोभिड–१९ महामारीका बेला लेखिएका कविताको सङ्ग्रह हो । हामायू र पिजा दुवै नेपाली र नेपाल भाषामा प्रकाशित छन् । श्रेष्ठका करिब दुई दर्जन कवितासङ्ग्रह अझै अप्रकाशित अवस्थामै रहेको प्रतिष्ठानले जनाएको छ ।

कार्यक्रममा डा. अभि सुवेदी र ज्योति तुलाधरले श्रेष्ठका कविताबारे समीक्षा गर्नुभएको थियो । श्रेष्ठका शब्द सरल र सहज भएकाले रचनामार्फत सदैव जीवित रहने डा. सुवेदीले बताउनुभयो । फाउन्डेसनका संरक्षक वसन्त चौधरीले श्रेष्ठलाई आफ्ना गुरुका रूपमा स्मरण गर्नुभयो । श्रेष्ठले छोडेर जानुभएको शब्दको विरासतलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा चौधरीले ‘फिँज’ सङ्ग्रहबाट कविता वाचन गर्नुभएको थियो । त्यस्तै सहभागीले श्रेष्ठप्रति लेखिएका स्मरणका शब्दहरू एकसाथ प्रदर्शन गर्दै उहाँप्रति सम्मान र अक्षराञ्जली अर्पण गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ