alliance khabar

मंगलबार, आश्विन १३, २०८३

गलकोट (बागलुङ), असोज १३ गते ।

 बागलुङको निसीखोला गाउँपालिकाले विपद्बाट प्रभावित परिवारलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराइएको छ । असोज ११ गते आइतबार निसीखोलामा आएको बाढीले क्षति पुर्‍याएपछि गाउँपालिकाले नगद राहत उपलब्ध गराएको निसीखोला गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर घर्तीले जानकारी दिनुभयो ।

गाउँपालिकाले विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवार, पूर्ण जोखिममा रहेका तथा जोखिममा रहेका परिवारलाई वर्गीकरण गरी आर्थिक सहयोग उपलब्ध गराएको हो ।

निसीखोलामा बाढी तथा पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने २४ घरमा पूर्ण क्षति भएको छ । २१ जनाको घर उच्च जोखिममा रहेको छ ।

गाउँपालिकाका अनुसार मृतकका परिवारलाई प्रतिव्यक्ति रु. ५० हजार, पूर्ण जोखिममा रहेका परिवारलाई रु. ३० हजार र जोखिममा रहेका परिवारलाई रु. १० हजारका दरले राहत उपलब्ध गराइएको छ । पाँच जना मृतकको परिवार, घरमा क्षति भएका ३२  परिवार र घरमा आंशिक क्षति भएका २१ परिवारलाई सहयोग प्रदान गरिएको छ ।

विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत प्रदान गरी उनीहरूको दैनिकी सहज बनाउन आर्थिक सहयोग उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ