alliance khabar

सोमबार, आश्विन १२, २०८३

काठमाडौं, असोज १२ गते ।

रोशन दासको निर्देशनमा निर्माण भएको  चलचित्र ‘प्रतिवैरम्’ को आइटम गीत ‘माहोल गरम’ चार भाषामा सार्वजनिक  भएको छ। फिल्मको प्रचारलाई थप गति दिने उद्देश्यले सार्वजनिक गरिएको गीत नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा दर्शकमाझ ल्याइएको हो।

गीतको नेपाली संस्करण ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ भने हिन्दी, मैथिली र भोजपुरी संस्करण आदर्श प्रोडक्सनबाट रिलिज गरिएको छ।

नेपाली संस्करणको गीतमा रोशन दासको शब्द तथा मनीष अधिकारीको संगीत रहेको छ। गायिका हृतिका श्रेष्ठको स्वरमा रहेको गीतमा प्रियंका कार्कीलाई ‘बसन्ती’को भूमिकामा प्रस्तुत गरिएको छ।

हिन्दी संस्करणको शीर्षक ‘जवानी कातिल’ राखिएको छ, जसमा शिवानी भगतको स्वर र लभ कर्णको शब्द रहेको छ। त्यसैगरी मैथिली संस्करण ‘जवानी सेहो कातिल’ र भोजपुरी संस्करण ‘गाउँवा बा घायल’ शीर्षकमा सार्वजनिक गरिएको छ। मैथिली तथा भोजपुरी संस्करणका गीतकारका रूपमा सुमन मण्डलको नाम रहेको छ भने समीक्षा चौधरीको स्वर रहेको छ।

गीतमा प्रियंका कार्कीको साथमा नवीन श्रेष्ठ, रोनी यादव, नारायण बीके, प्रदीप ढकाललाई पनि देख्न सकिन्छ। गीतले मनोरञ्जनात्मक आइटम प्रस्तुति मात्र नभई फिल्मका केही महत्वपूर्ण एक्सन दृश्यलाई समेत झल्काएको छ।

फिल्ममा सम्राट दास, बिरेन्द्र सिंह कुशवाहा,आलिशा बास्तोला,सुप्रज्ञा शर्मा,नारायण बिक,आशिष डिके रमेश बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ। विशेषगरी गीतको अन्त्यतिर अभिनेता सम्राट दासलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। ‘प्रतिवैरम्’ सम्राट दासको डेब्यु फिल्म हो।

गीतको छायांकन नितेश घतान र हरि ढकालले गरेका हुन् । गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका छन्। सम्पादन कबिर ओड र पंकज महतोले गरेका छन् भने भिएएफएक्स समीर मियाँको रहेको छ। फिल्मको लाइन प्रोडक्सन पंकज महतोले सम्हालेका छन्। मुख्य सहायक निर्देश सन्तोष मल्ल र खेमराज कोइराला रहेका छन् भने सहायक निर्देशनमा सिर्जना भुजेल, अग्नि सुबेदी, धिरज राउत र कुशल पोखरेल छन्।

‘प्रतिवैरम्’को कार्यकारी निर्माता बिक्की शाह, क्रिएटिभ निर्माता राकेश शाह, सह(निर्माता अनिश पोखरेल तथा एसोसिएट प्रोड्युसर रजन देवी र रीता देवी रहेका छन्। फिल्मका निर्माता हर्ष कुमार यादव र सत्यराज चौलागाईं हुन्।

फिल्मको कथा तथा निर्देशन रोशन दासको रहेको छ भने पटकथारसंवाद तथा लेखनमा युवराज भट्टराई जोडिएका छन्।

रेज इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको ‘प्रतिवैरम्’आदर्श प्रोडक्सन,सिम्पल एड मिडिया र श्रीयान इन्टरटेन्टमेन्ट सँगको सहकार्यमा निर्माण भएको हो। मंसिर ४ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई नेसनल सिनेमा ग्रुपले वितरण गर्दैछ।

मधेशको सामाजिक परिवेश, एक्सन, सम्बन्ध, अपराध र बदलाको कथालाई केन्द्रमा राखिएको ‘प्रतिवैरम्’ नेपालीसँगै हिन्दी, मैथिली र भोजपुरी भाषामा समेत प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ