alliance khabar

बुधबार, आश्विन ०७, २०८३

काठमाडौँ, असोज ७ गते ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्नुहुने भएको छ ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विद्युत् पूर्वाधारमा पुर्‍याएको क्षति, मानवीय क्षति, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणबारे जानकारी दिन मन्त्री श्रेष्ठले बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो ।

भोटेकोशी बाढीले एक दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने ठूलो मानवीय क्षतिसमेत भएको छ । घटनापछि सरकारका तर्फबाट ऊर्जा मन्त्रालयले गरेका काम तथा अबको कार्ययोजनाबारे मन्त्री श्रेष्ठले प्रतिनिधिसभालाई जानकारी दिने उहाँका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनले बताउनुभयो ।

उहाँका अनुसार सम्बोधनका लागि मन्त्री श्रेष्ठले सभामुख डोलप्रसाद अर्यालसँग समय लिइसक्नुभएको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ