alliance khabar

शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौँ, असोज २ गते ।

 नेपाल राष्ट्र बैंकले ५० रुपियाँदरका नयाँ बैंकनोट चलनचल्तीमा ल्याउने भएको छ । राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितका ५० रुपियाँदरका बैंकनोट असोज २ गतेदेखि चलनचल्तीमा ल्याउन लागेको हो ।

राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार साविककै आकार तथा रङमा ५० रुपियाँ दरका बैंकनोट निष्कासन गर्न लागिएको हो ।

नयाँ नोटको अगाडिको भागको मध्य खण्डमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपियाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपियाँ ५० रुपियाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञात्मक वाक्यांश उल्लेख गरिएको छ ।

नोटको बायाँतर्फको सगरमाथा हिमालको चित्र तथा दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको तल्लो खण्डमा सिरिज नम्बर ‘वि.सं. २०८२’ उल्लेख गरिएको छ । नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, १.२ मिलिमिटर चौडा कागजमा बनाइएको सुरक्षा धागोलाई प्रकाशतर्फ पारेर हेर्दा पूर्ण रूपमा देखिने र उक्त धागोमा ‘NRB’ लेखिएको छ ।

नोटको पछाडिको मध्य खण्डमा हिँडिरहेको चितुवाको चित्र र सोको माथि ‘NEPAL RASTRA BANK’ लेखिएको छ । नोटको तल्लो खण्डमा ‘RUPEES FIFTY’ तथा सिरिज नम्बर ‘2025 A.D.’ उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले यसअघि सूचना प्रकाशित गरी ५० रुपियाँ दरको बैंकनोट चलनचल्तीमा ल्याउँदै आएकोमा अब नयाँ सिरिजका नोटसमेत प्रचलनमा ल्याउन लागेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ