alliance khabar

शुक्रबार, आश्विन ०२, २०८३

काठमाडौँ, असोज २ गते ।

 नेपाली कांग्रेसका सभापति गगन थापाले लौहपुरुष गणेशमान सिंहले देखाउनुभएको त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई आत्मसात् गर्दै पार्टीलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने बताउनुभएको छ ।

गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा शुक्रबार श्रद्धाञ्जली व्यक्त गर्दै सभापति थापाले लोकतन्त्रका लागि जीवन समर्पण गर्नुभएका सिंहको योगदान स्मरण गर्दै उहाँका आदर्शलाई संगठन र व्यवहारमा पुनः स्थापित गर्नुपर्नेमा जोड दिनुभएको हो ।

सभापति थापाले गणेशमान सिंह कठिन परिस्थितिमा समेत आफ्नो अडानबाट विचलित नहुने साहसी, त्यागी र निष्ठावान् नेता भएको उल्लेख गर्नुभएको छ ।

“समय बदलिएको छ, चुनौती बदलिएका छन् । तर लोकतन्त्रप्रतिको निष्ठा, जनताप्रतिको उत्तरदायित्व र कठिन समयमा सही पक्षमा उभिने साहसको आवश्यकता झन् बढेको छ,” उहाँले भन्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ