काठमाडौँ/ ४ साउन । नेपाली आम सञ्चारमा बाल सम्वेदनशीलताको अवस्था सम्वन्धी अन्तर्क्रिया एवम संयूक्त राष्ट्र संघिय बालअधिकार महासन्धि समितिमा नागरिक समाजद्वारा प्रस्तुत गरिने प्रतिवेदन हस्तान्तरण हिजो एक कार्यक्रमका बीच सम्पन्न भयो ।
उक्त कार्यक्रम चाईल्ड नेपाल (CN) को आयोजना र सेभ द चिल्ड्रेनको प्रायोजनमा भएको हो । बिशेषगरि कोभिडका बेला नेपालका चार स्थान सुर्खेत, काठमाडौँ, जनकपुर र रौतहटमा स्थानिय पत्रकार र बालअधिकार सरोकारवालाहरुसंगको अन्तरक्रिया र नेपालका मूलधारका भनिएका प्रमुख प्रिन्ट मिडिया र तीनवटा अनलाईन न्यूज पोर्टलमा प्रकाशित बालबालिका सम्बन्धि समाचारलाई आधार मानेर डा. कुन्दन अर्याल र तर्क धितालले प्रतिवेदन तयार पारेका थिए ।
प्रतिवेदन प्रस्तुत गर्दै डा. अर्यालले नेपालमा बालअधिकार र तिनका अबस्था अझै पनि दयनिय रहेको र नेपालका मिडिया त्यसमाथि झनै उदासिन रहेको बताए । उनको प्रतिवेदनमाथि राससका अध्यक्ष धर्मेन्द्र झा, नेसनल प्रेस ईन्स्टिच्यूटका सिनियर पत्रकार तिर्थ कोइराला र सिविनका कार्यकारी निर्देशक सुम्निमा तुलाधारले टिप्पणी गरेका थिए ।