alliance khabar

बुधबार, भाद्र २४, २०८३

काठमाडौँ, भदौ २४ गते ।

 वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयर गिभर) का रूपमा काम गर्न इच्छुक नेपाली युवाका लागि पुनः आवेदन मागेको छ । विभागका अनुसार नेपाल र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार इजरायलले एक हजार ४५४ जना नेपाली सहायक श्रमिकका लागि पुनः आवेदन मागेको हो ।

इजरायलले तेस्रो चरणमा दुई हजार तीन सय जना केयर गिभरमा काम गर्ने सहायक श्रमिकको माग गरेकोमा गएको असारमा नेपालस्थित इजरायली दूतावासले चिट्ठाबाट ८३६ जना छनोट गरेको थियो । विभागका प्रवक्ता बिन्दा आचार्यले यसअघि इजरायल सरकारबाट माग हुन आएको सङ्ख्यामा एक हजार ४६४ जना अपुग भएपछि विभागले इजरायलको केयर गिभरमा काम गर्न जानेका लागि पुनः आवेदन माग भएको जानकारी गराउनुभयो । उहाँका अनुसार मागमध्ये एक हजार १२२ जना महिला र ३३२ जना पुरुष छनोट गरिने छ ।

आवेदन भर्न इच्छुकले २५ वर्षदेखि ४५ वर्षसम्मका उम्मेदवारले २३ गते राति १२ बजेदेखि २६ गते १२ बजेसम्म आवेदन दिन सक्ने व्यवस्था गरेको विभागले जनाएको छ । विभागका अनुसार छनोट भएका नेपाली नागरिकले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा वा गम्भीर अपाङ्गता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक श्रमिकका रूपमा काम गर्नुपर्ने छ ।

सम्झौता अनुसार प्रारम्भिक करार अवधि एक वर्षको हुने छ र रोजगारदाताले चाहेमा थप गर्दै बढीमा पाँच वर्षसम्मको अधिकतम अवधि रहने सुविधा छ ।

नेपाल र इजरायल सरकारबिच २०७७ साल असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउने विषयमा सम्झौता भएको थियो । हालको युवा, श्रम तथा रोजगार मन्त्रालय र साबिकको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा नेपाली दक्ष श्रमिक पठाउनेसम्बन्धी निर्देशिका, २०७८ जारी गरी सो अनुसार इजरायलमा श्रमिक पठाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ