alliance khabar

बुधबार, भाद्र २४, २०८३

बबई (बर्दिया), भदौ २४ गते ।

बर्दियाको गुलरियादेखि राजापुरसम्म जोड्ने हुलाकी सडक ठाउँ ठाउँमा जीर्ण बनेको छ । सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

गुलरिया बजारदेखि पश्चिम राजापुरसम्मको सडकमा ठुला खाडल परेका छन् । पटक पटक दुर्घटना हुँदा पनि सडक डिभिजन कार्यालयले मर्मत नगरेको स्थानीयको भनाइ छ । आवश्यक स्थानमा मर्मत नगरी राम्रो र सफा सडकमा मनलाग्दी मर्मत गर्ने गरेको आरोपसमेत उनीहरूको छ ।

गुलरिया नगरपालिका–१ अन्तर्गत पर्वतिया मन्दिर र शिवचोक क्षेत्रमा सडकमा खाडल परेको वर्ष दिनभन्दा बढी भइसक्दा पनि मर्मत नभएको स्थानीयले बताएका छन् । घुमाउरो र आधाभन्दा बढी भाग जीर्ण रहेको उक्त सडकमा सवारीसाधन आधा भागबाट मात्र सञ्चालन गर्नुपर्ने भएकाले दुर्घटनाको जोखिम झन् बढेको छ ।

खैरापुरका स्थानीय रामु भण्डारीले सडक जीर्ण भएको एक वर्षभन्दा बढी भए पनि मर्मत नहुँदा जोखिम बढेको बताउनुभयो । गुलरिया नगरपालिका–१ का वडाध्यक्ष जोगीराम थारूले हुलाकी सडक अझै सडक डिभिजन कार्यालय, बाँकेकै मातहतमा रहेकाले मर्मतका लागि जानकारी गराइएको बताउनुभयो ।

सडक डिभिजन कार्यालय, बाँकेका सूचना अधिकारी इन्जिनियर रामसागर हरिजनले यस विषयमा छलफल गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ