alliance khabar

सोमबार, भाद्र २२, २०८३

काठमाडौँ, भदौ २२ गते ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङस्थित बुढीगण्डकी र थेराङखोलामा गएको बाढीका कारण मनासलुको पर्यटन प्रभावित भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मनासलु संरक्षण क्षेत्र अन्तर्गत पर्ने बुढीगण्डकी र थेराङखोलामा आइतबार बिहान गएको बाढीले दुई वटा पुल र मुख्य पदमार्गमा क्षति पुगेपछि मनासलुको पर्यटन प्रभावित भएको छ ।

उहाँले भन्नुभयो, “बाढीले चुमनुब्री गाउँपालिका–४ र वडा नं. २ जोड्ने फलामे पुल र गाउँपालिकादेखि नामु्रङ जङ्गल जाने बुढीगण्डकी नदीको झोलुङ्गे पुल बगाएपछि पर्वतारोहण र पदयात्राका लागि सानागाउँसम्म जाने पर्यटक प्रभावित भएका छन् । बाढीले दुई वटा मुख्य पदमार्गमा समेत क्षति पुर्‍याएपछि तत्कालका लागि स्थानीय र पर्यटकलाई पदयात्रामा जान रोक लगाइएको छ । पदमार्ग र झोलङ्गे पुलमा पुगेको क्षतिका कारण आरोहणका लागि जाने स्थानीय र पर्यटक प्रभावित भएका छन् ।”

बाढीका कारण कुनै मानवीय क्षति नभए पनि मनासलु पदमार्ग र लार्केपास पदमार्गमा क्षति पुगेकाले यात्राको क्रममा रहेका र तयारीमा नरहेका पर्यटकलाई तत्काल यात्रा गर्न रोक लगाइएको उहाँले जानकारी दिनुभयो ।

बाढीले मनासलु आरोहणका लागि जाने पर्यटक बढी प्रभावित हुन पुगेको जनाउँदै प्रहरी र स्थानीय तहसँगको समन्वयमा तत्काल अवरुद्ध पदमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाको भनाइ छ । पर्यटन विभागका अनुसार यस वर्षको शरद ऋतु (असोज–कात्तिक) मा मनासलु आरोहण गर्न २९ समूहका ३४८ आरोहीले आरोहण अनुमति लिएका छन् । जसमध्ये २६३ पुरुष र ८५ महिला मनासलु आरोहणको तयारीमा रहेका छन् । जसमध्ये सबैभन्दा बढी चीनबाट ५५, रुसबाट ३९, अमेरिकाबाट ३२, फ्रान्सबाट २७, बेलायतबाट २४ र नेपालबाट १५ जनाले अनुमति लिएका छन् ।

विभागका अनुसार शरदयाममा मनासलु, मकालु र दङ्गा हिमाल आरोहणका लागि ३२ समूहका ३६७ आरोहीले अनुमति लिएका छन् । मकालु आरोहणका लागि यस वर्ष तीन जना र दङ्गा हिमाल आरोहणका लागि आइतबारसम्म १६ जनाले अनुमति लिएका छन् । तीन वटै हिमालमा आरोहण अनुमति दिएबापत विभागले १५ करोड ९६ लाख २० हजार ८२८ रुपियाँ राजस्व सङ्कलन गरेको छ ।

पर्वतारोहण सञ्चालक सङ्घका अनुसार शरदयामको आरोहणका लागि अहिले बाटो खुलाउने र डोरी टाँग्ने (रोप फिक्सिङ) काम तीव्र गतिमा अगाडि बढेको छ । मनासलुको चुचुरोसम्म बाटो खोल्ने खटिएको सात सदस्यीय दक्ष शेर्पा टोली (आइसफल डाक्टर) ले दोस्रो आधार शिविरसम्मको बाटो तयार पारेको छ । शिखरसम्मको बाटो तयार भएपछि सबै आरोहीका लागि मुख्य आरोहण खुला हुने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ