alliance khabar

आइतबार, भाद्र २१, २०८३

काठमाडौँ, भदौ २१ गते ।

परिवारका सदस्यहरूले चण्डिका श्रेष्ठको आशा मारिसकेका थिए । भोटेकोशी हिमबाढीबाट बेपत्ता भएको आठ दिनसम्म उनका दुई छोरा र आफन्तले वेत्रावती र त्रिशूली खोलाआसपास आमाबुवालगायत अन्य आफन्तको खोजी गरिरहे तर जीवित वा मृत कुनै अवस्थामा नभेटेपछि बाध्य भएर कुशको शव बनाई काजकिरिया सुरु गरेका थिए । तर, ११ औँ दिनमा उहाँको सकुशल उद्धार गरेर काठमाडौँको वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरिएको छ ।

नुवाकोटको विदुर नगरपालिकाका मेलमिलापकर्ता रहेका अष्टमान डङ्गोलले चण्डिका र उनका श्रीमान् आनन्दलाललाई धेरै ठाउँमा खोजे पनि पत्ता लगाउन नसकिएको बताउनुभयो । उहाँले शङ्का लागेर सुरक्षाकर्मीलाई सो घर र त्यहाँ जाने बाटो देखाएर आफूले खोजीका लागि आग्रह गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “वेत्रावती किनारछेउ उहाँहरूको पहिलेदेखि नै कपडा पसल थियो । बाढीले घरै बगाएर अर्कै ठाउँमा पुर्‍याएको थियो । २४ जनाको शव भेटिएको घरछेउमै भएकाले सो घरमा पनि भेटिन सक्ने अनुमान गरेर सुरक्षाकर्मीलाई आग्रह गरेको थिएँ । भगवान्को कृपाले उहाँ भेटिनुभयो तर उहाँका श्रीमान् भने अझै बेपत्ता हुनुहुन्छ ।”

उपचारका लागि काठमाडौँ ल्याएपछि अस्पतालमा भेट्न पुगेका चण्डिकाका सम्धी रमेशमान श्रेष्ठले आफ्ना सम्धीलगायत आफन्तहरू बाढीमा हराएको पीडाका बिच सम्धिनी सकुशल फेला परेकोमा खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “छोराहरूले धेरै खोजी गर्दा फेला नपरेपछि उहाँको किरियाकर्म सुरु गरिएको थियो । आज सम्धिनी पाएकोमा खुसी लाग्यो । संसारमा भगवान् छन् जस्तो लागिरहेको छ ।” उहाँलाई अस्पतालमा भेट्न नपाए पनि बोल्न सक्ने सकुशल अवस्थामा रहेको उहाँले बताउनुभयो । बाढीबाट चण्डिकाका श्रीमान्, देउरानी, घरमा काम गर्ने एक व्यक्ति र एक जना नातेदार सोही घरबाट बेपत्ता भएको र उनीहरूको अहिलेसम्म केही अत्तोपत्तो छैन । शनिबार ६४ वर्षकी श्रेष्ठलाई बाढीको गेग्य्रानले पुरिन बाँकी रहेको क्षतिग्रस्त घरको चौथो तलाबाट सुरक्षाकर्मीले उद्धार गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ