काठमाडौं, भदौ १८ गते ।
नेपालका लागि पाकिस्तानका राजदूत अमिर खानले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख तथा समवेदना व्यक्त गर्नुभएको छ।
परराष्ट्र मन्त्रालय, सिंहदरबारमा पुगेर त्यहाँ राखिएको शोकपुस्तिकामा उहाँले नेपाल, नेपाली जनता तथा सरकारको दुःखमा पाकिस्तान साथमा रहेको उल्लेख गर्नुभएको छ।
यसअघि पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री सहबाज सरिफले पनि नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको थियो।