alliance khabar

बिहिबार, भाद्र १८, २०८३

हेटौँडा, भदौ १८ गते ।

 मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीमा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय इन्द्रबहादुर कठायतको दुई कोठे कच्ची घर र घरसँगै रहेको भान्साकोठामा बुधबार राति अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।

इँटा र काठले बनेको तथा जस्ताको छानो भएको घरमा आगलागी भएपछि हेटौँडा उपमहानगरपालिकाको बारुणयन्त्र र स्थानीयवासीको सहयोगमा करिब दुई घण्टापछि बिहीबार बिहान आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट घर तथा भान्साकोठासहित लत्ताकपडा, भाँडावर्तन, काठपात, नगद ७० हजार, चार तोला सुन, एउटा डुक मोटरसाइकल, फोटोग्राफीमा प्रयोग हुने एउटा क्यामरा र कम्प्युटरको एक सेट जलेर नष्ट भएको पीडितले प्रहरीलाई जानकारी दिएका छन्। पीडितका अनुसार आगलागीबाट करिब २५ लाख रुपियाँ बराबरको क्षति भएको छ।

आगलागीबाट कुनै मानवीय तथा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।

घर पूर्ण रूपमा जलेर नष्ट भएपछि कठायत परिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बसेको छ। प्रहरीले आगलागीको कारण तथा क्षतिको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ