alliance khabar

बिहिबार, भाद्र १८, २०८३

हिले, भदौ १८ गते ।

 रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि धनकुटाको महालक्ष्मी नगरपालिकाले ४१ लाख ४८ हजार २२९ रुपियाँसहयोग गर्ने भएको छ। नगर कार्यपालिकाको भदौ १७ गते बसेको बैठकले विपदबाट प्रभावितका लागि तत्कालीन तथा दीर्घकालीन राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।

नगरपालिकाका अनुसार विपद् व्यवस्थापन कोषबाट पाँच लाख रुपियाँउपलब्ध गराइने नगरप्रमुख ध्रुवराज रायले जानकारी दिनुभयो। यस्तै, नगरपालिकाका जनप्रतिनिधिको १० दिनबराबरको सेवा–सुविधाबाट दुई लाख २२ हजार ३३०, नगरपालिकामा कार्यरत कर्मचारीको तलबबाट छ लाख ९१ हजार ५२५ रुपियाँ र नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको तलबबाट २७ लाख ३४ हजार ३६४ रुपियाँ सहयोग गरिनेछ।

उक्त रकम गरी कुल ४१ लाख ४८ हजार २२९ रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने नगरप्रमुख रायले बताउनुभयो।

नगरपालिकाले विपद्को विषम परिस्थितिमा मानवीय कर्तव्य तथा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनामा सहयोग गर्ने निर्णय गरिएको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ