alliance khabar

मंगलबार, भाद्र १६, २०८३

काठमाडौँ, भदौ १६ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनःस्थापनाका विषयमा छलफल गर्न मङ्गलबार सर्वदलीय बैठक बोलाएको छ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण, बेपत्ताको खोजी, शव व्यवस्थापन तथा प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा बैठकमा छलफल हुनेछ।

उहाँका अनुसार बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेताहरूको सहभागिता रहनेछ। विपद्पछिको तत्कालीन राहत तथा उद्धारसँगै दीर्घकालीन पुनःस्थापनाका लागि राजनीतिक दलहरूबीच साझा धारणा बनाउन बैठक आयोजना गरिएको हो।

बैठकमा प्रभावित क्षेत्रमा राज्यका निकायबाट भइरहेका उद्धार तथा राहत कार्यको समीक्षा गर्दै थप प्रभावकारी बनाउनुपर्ने उपायबारे पनि छलफल हुने बताइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ