alliance khabar

सोमबार, भाद्र १५, २०८३

दमक, भदौ १५ गते । 

दमक नगरपालिकाले बाढीपीडितको राहतका लागि ३१ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । शनिबार बसेको नगर कार्यपालिकाको आपत्कालीन बैठकले उक्त रकम प्रधानमन्त्री राहत कोषमा उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरप्रमुख रामकुमार थापाका अनुसार उक्त राहत रकमका लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकले योगदान गर्ने छन् । नगरपालिकाको स्थानीय दैवीप्रकोप कोषमार्फत सहयोग गरिने जनाइएको छ ।

झापामा अहिलेसम्म सबैभन्दा बढी आर्थिक सहयोगको घोषणा गर्ने पालिका दमक बनेको छ । नगरप्रमुख थापाका अनुसार बैठकले बाढी प्रभावित क्षेत्रमा आवश्यकता अनुसार परिचालन गर्न स्वास्थ्यकर्मीको टोलीसमेत तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । दमक अस्पतालको समन्वयमा विशेषज्ञ चिकित्सकसहितको टोली तयार राखिने नगरप्रमुख थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ