alliance khabar

आइतबार, भाद्र १४, २०८३

मकवानपुर, भदौ १४ गते ।

 बागमती प्रदेश सरकारले भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण अति प्रभावित जिल्लालाई सहयोग उपलब्ध गराउने भएको छ । तत्काल उद्धार तथा राहत कार्य सञ्चालनका लागि रसुवा, नुवाकोट, धादिङ र चितवनलाई सहयोग रकम उपलब्ध गराउने भएको हो । प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न रसुवा र नुवाकोट जिल्लाको सम्बन्धित स्थानीय विपत् व्यवस्थापन कोषमा दुई करोड, धादिङ र चितवन जिल्लालाई ५०/५० लाख गरी तत्कालका लागि तीन करोड उपलब्ध गराइने जानकारी दिनुभयो  ।

भदौ १० गते बागमती प्रदेश विपत् व्यवस्थापन कार्यकारी समितिको आकस्मिक बैठक बसेसँगै विपत्बाट प्रभावित नागरिकको जीवनरक्षा, खोज तथा उद्धार, राहत, उपचार, अस्थायी आवास र सुरक्षित आवागमनलाई उच्च प्राथमिकतामा राख्दै प्रदेश सरकार तत्कालै परिचालित भएको बताउनुभयो । प्रदेश सरकारले बाढीमा परी मृत्यु भएका व्यक्तिको अन्तिम संस्कारका लागि सम्बन्धित परिवारलाई प्रतिमृतक २५ हजार रुपियाँका दरले राहत उपलब्ध गराउने भएको छ । मन्त्री केसीले शनिबार एक विज्ञप्ति जारी गर्दै बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा स्वास्थ्यसेवाका लागि टोली परिचालन गरिएको बताउनुभएको छ । बाढीका कारण घाइते भएका नागरिकको तत्काल उद्धारका लागि मुख्यमन्त्री, प्रदेशका मन्त्री, प्रमुख सचिवसहितका कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी स्थलगत रूपमा खटिएको र बाढीका कारण घरबारविहीन भएका नागरिकका लागि अस्थायी बसोबास तथा भोजनको व्यवस्था गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश सरकारले गोसाइँकुण्ड, कैलाश तथा अन्य धार्मिक यात्राका क्रममा रही अलपत्र परेका तीर्थयात्रीको सुरक्षित आवागमनका लागि निःशुल्क बससेवा उपलब्ध गराउने भएको छ । बाढीका कारण त्रिशूली–धुन्चे सडकखण्ड, गल्छी, धादिङ हुँदै त्रिशूली र धादिङ, गल्छी हुँदै काठमाडौँ जाने सडक अवरुद्ध भएको अवस्थामा वैकल्पिक सडकमार्ग खुलाई यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक कार्य अगाडि बढाउने विज्ञप्तिमा भनिएको छ ।

राहत कोष स्थापना

विपत्बाट विस्थापितको यथाशीघ्र यथोचित प्रबन्ध गर्ने प्रतिबद्धतासहित सबै पक्षलाई आआफ्नो स्थानबाट सहयोग, समन्वय र सहकार्यका लागि विज्ञप्तिमार्फत आग्रह गरिएको छ । प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढी प्रभावित नागरिक र जिल्लालाई लक्षित गरी मुख्यमन्त्री विपत् व्यवस्थापन तथा राहत कोष स्थापना गरेको छ । यस विषम परस्थितितमा उद्धार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा सहयोग गरिरहेका सबैप्रति प्रदेश सरकारले आभार प्रकट गरेको छ । मन्त्री केसीले सहयोग गर्न आग्रह गर्नुभयो ।

विपत् प्रतिकार्यका लागि खटाइयो कर्मचारी 

बागमती प्रदेश सरकारले विपत् प्रतिकार्यका लागि कर्मचारी खटाएको छ । जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक, प्रमुख जिल्ला अधिकारीको निर्देशन र समन्वयमा कार्य गर्ने गरी कर्मचारीलाई अर्को व्यवस्था नभएसम्मका लागि खटाइएको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव गोविन्द पुरीले जानकारी दिनुभयो । रसुवा र नुवाकोट विपत् प्रतिकार्य संयोजन समिति बनाएर प्रदेश सरकारका कर्मचारी परिचालन गरिएको छ ।

समितिमा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका उपसचिव उमेशकुमार दाहालको संयोजकत्वमा गठित समिति सदस्यमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका शाखा अधिकृत रघुनाथ लामिछाने, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका शाखा अधिकृत हेमराज सन्ज्याल र लेखा अधिकृत जनार्दन मिश्र रहनुभएको छ । समितिले विपत् प्रतिकार्यको प्रगति विवरण समय समयमा उपलब्ध गराउने र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय एवं आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार उद्धार, राहतलगायतका कार्य गर्ने भएको छ । नुवाकोटमा प्रतिकार्यका लागि प्रदेश सरकारमातहत रहेका पूर्वाधार विकास, कृषि विकास, सिँचाइ, डिभिजन वन, जलस्रोत, भूसंरक्षणलगायतका कार्यालयका कार्यालय प्रमुखसहितका कर्मचारी खटिएका छन् । यस्तै रसुवा र धादिङमा विपत् प्रतिकार्यमा उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, सिँचाइ विकास, पूर्वाधार विकास, डिभिजन वन कार्यालयलगायतका कार्यालयमा

कार्यालय प्रमुखसहितका कर्मचारी खटिएको उपसचिव पुरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ