alliance khabar

आइतबार, भाद्र १४, २०८३

काठमाडौँ, भदौ १४ गते ।

रसुवाको भोटेकोशीमा आएको बाढीमा परी कर्तव्य पालनाका क्रममा मृत्यु भएका प्रहरी सहायक निरीक्षक (प्रसनि) रामहरि खड्काप्रति पशुपति आर्यघाटमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।

टिमुरे, रसुवामा कार्यरत खड्काको पार्थिव शरीरमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरसहित प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।

भोटेकोशी नदीमा आएको भीषण बाढीका क्रममा कर्तव्य पालनामा खटिएका खड्काको मृत्यु भएको थियो । उहाँको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम संस्कारका लागि लगिएको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा नेपाल प्रहरीका उच्च अधिकारी तथा विभिन्न दर्जाका प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ