alliance khabar

शनिबार, भाद्र १३, २०८३

धनगढी, भदौ १३ गते ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावितको सहयोगका लागि सुदूरपश्चिम प्रदेश सरकारले दुई करोड रुपियाँ सहयोग गर्ने भएको छ । शुक्रबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले जानकारी दिनुभयो । आर्थिक सहयोग रकम प्रदेश सरकारको विपत् व्यवस्थापन कोषबाट खर्च गर्ने व्यवस्था मिलाएको जनाइएको छ ।

यसै गरी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको एक महिना बराबरको पारिश्रमिक रकम पनि राहत कोषमा जम्मा गर्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको छ । गत बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण ठुलो जनधनको क्षति भएको छ । रसुवा, नुवाकोटलगायतका प्रभावित जिल्लामा जलविद्युत् गृहलगायत विभिन्न क्षेत्रमा कार्यरत यस प्रदेशका पनि एक सयभन्दा बढी नागरिक सम्पर्कविहीन छन् ।

प्रदेश सरकारले बाढीबाट विस्थापित तथा प्रभावितलाई सुरक्षित आवास र आवश्यक राहत सामग्री उपलब्ध गराउन सम्बद्ध सबैलाई जुट्न अपिल पनि गरेको छ ।

साथै सुदूरपश्चिम प्रदेशका तर्फबाट अत्यावश्यक औषधी तथा स्वास्थ्य सामग्रीसहितको स्वास्थ्यकर्मीको टोली पनि खटाउन आवश्यक व्यवस्था मिलाइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

साथै स्थानीय सरकारलाई जिल्ला विपत् व्यवस्थापन समितिसँग निरन्तर समन्वय र सहकार्य गरी आवश्यक सतर्कता अपनाई स्रोतसाधनसहित तयारी अवस्थामा रहन प्रदेश सरकारले अनुरोध गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकारले विपत्को यस कठिन घडीमा धैर्य र संयम अपनाउँदै एकअर्काको सहयोगमा जुट्न, स्वास्थ्य सतर्कता अपनाउन र सरकारका सुरक्षा निकाय, उद्धार तथा स्वास्थ्य टोलीलाई पूर्ण सहयोग गर्न सम्पूर्ण नागरिक, दातृ निकाय तथा आमजनसमुदायमा विशेष अपिल पनि गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ