alliance khabar

बुधबार, भाद्र १०, २०८३

स्याङ्जा, भदौ १० गते ।

स्याङ्जामा बुधबार तीन वटा नगर पालिकामा सार्वजनिक बिदा दिइएको छ । ईस्लाम धर्मका संस्थापक एवं प्रवद्र्धक पैगम्बर मोहम्मद मुस्तफा सल्लल्हाहु अलैहे ओसल्लमको १५०१ औँ जन्म जयन्तीको अवसरमा यहाँका तीन पालिकामा सार्वजनिक बिदा दिइएको हो ।

यहाँका वालिङ, पुतलीबजार र भीरकोट नगरपालिकाले आज सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

पुतलीबजार नगरपालिकाको भदौ ४ गते, भीरकोटको भदौ ८ गते र वालिङको भदौ ९ गतेको कार्यपालिका बैठकको निर्णय अनुसार आज बिदा दिइएको हो ।

पुतलीबजार नगरप्रमुख तुलसाराम रेग्मी, गोविन्द कुमार कर्माचार्य र वालिङ नगरप्रमुख कृष्ण खाणँद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा पालिका मातहका कार्यालय तथा निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

विज्ञप्तिहरुमा मोहम्मद नगरपालिका र विश्वभर बसोवास गर्ने सम्पुर्ण मुस्लिम धर्मालम्वीहरुलाई शुभकामना समेत दिइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ