alliance khabar

मंगलबार, भाद्र ०९, २०८३

काठमाडौँ, भदौ ९ गते  ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले संयुक्त अरब इमिरेट्स (युएई) जाने श्रमिकले लिनुपर्ने प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) सम्बन्धी विद्यमान दोहोरो प्रक्रियालाई सरल बनाउन आग्रह गर्नुभएको छ । सोमबार मन्त्री यादव र नेपालका लागि (युएई) का राजदूत अब्दुल्ला सइद मुबारक जारवान अल सामसीबिच भएको भेटमा यस्तो आग्रह गर्नुभएको हो ।

भेटमा मन्त्री यादवले नेपाली श्रमिक युएई जाँदा लिनुपर्ने प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी विद्यमान दोहोरो प्रक्रियालाई सरल बनाउँदै श्रमिकलाई सहज हुने व्यवस्था मिलाउन राजदूत अल शामसीसँग अनुरोध गर्नुभयो । राजदूत सामसीले युएई सरकारसँग निरन्तर छलफल र समन्वय भइरहेको जानकारी गराउँदै यसलाई सहज बनाउन आवश्यक पहल जारी रहने आश्वासन दिनुभयो । भेटमा नेपाल र युएईबिच भएका द्विपक्षीय श्रमसम्बन्धी समझदारी तथा सहमतिको प्रभावकारी कार्यान्वयनका लागि संयुक्त कार्य समूहको बैठक शीघ्र आयोजना गर्ने विषयमा सहमति जुटेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ