alliance khabar

शुक्रबार, भाद्र ०५, २०८३

सिन्धुपाल्चोक, भदौ ५ गते  ।

सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५, मुढेक्षेत्र ‘मुढेको आलु’ का लागि प्रख्यात छ । पछिल्लो समय मुढे आलुसँगै स्वादिष्ट छुर्पी उत्पादन हुने क्षेत्रका रूपमा पनि परिचित हुन थालेको छ ।

मुढेको छुर्पीको स्वादका कारण पछिल्लो समय स्वदेशी तथा विदेशी उपभोक्तामाझ यसको माग बढ्दै गएको छ । मुढेमा दैनिक १० लाख रुपियाँभन्दा बढीको छुर्पी बिक्री हुने गरेको छुर्पी तथा होटेल व्यवसाय गर्दै आएका इराज लामाले जानकारी दिनुभयो ।

हिमाली क्षेत्रका चौँरी, गाई तथा भैँसीको दुधबाट उत्पादन हुने छुर्पी स्वादिष्ट हुने भएकाले स्वदेशी तथा विदेशीले मुढेबाट दैनिक ठुलो परिमाणमा छुर्पी खरिद गरेर लैजाने गरेका छन् । लेकाली क्षेत्रका चौँरी, गाई तथा भैँसीको दुधबाट उत्पादित छुर्पी खरिद गर्न काठमाडौँका व्यापारीसमेत मुढे पुग्ने गरेका छन् ।

उनीहरूले छुर्पीसँगै मुडेका आलुसमेत खरिद गरी काठमाडौँलगायतका बजारमाबिक्री गर्दै आएका छन् । मुढेको हावापानी चिसो छ । हिउँद होस् वा वर्षा, यहाँको मौसम प्रायः चिसो रहने गर्छ । हिउँदमा मुढेक्षेत्रमा बेला बेलामा हिमपातसमेत हुने गरेको छ । यही चिसो मौसममा स्थानीय महिलाले घरेलु रूपमा उत्पादन गर्ने छुर्पीको स्वाद मिठो हुने भएकाले यसको बिक्री बढ्दै गएको व्यवसायी लामाले बताउनुभयो ।

मुढे हुँदै ओखलढुङ्गा, चरीकोट, जिरी, रामेछापलगायतका जिल्ला जानेआउने गरिन्छ । स्वदेशी तथा विदेशी पर्यटक पनि मुढे हुँदै विभिन्न गन्तव्यमा पुग्ने गरेका छन् । मुढेमा खाना खाने तथा बास बस्ने पर्यटकले छुर्पी र आलु खरिद गरेर लैजाने गरेका कारण छुर्पीको बजार विस्तारमा सहयोग पुगेको लामाले बताउनुभयो ।

मुढेको छुर्पी देशविदेशका बजारमा पुग्न थालेपछि स्थानीय सरकारले किसानलाई छुर्पी उत्पादनमा प्रोत्साहन गर्न थालेको लिसङ्खुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले बताउनुभयो । उहाँका अनुसार मुढेको छुर्पी भारत, चीन, अमेरिका, बेलायत, जापान, क्यानडालगायतका देशमा समेत पुग्न थालेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ