alliance khabar

बिहिबार, भाद्र ०४, २०८३

नयाँ दिल्ली, भदौ ४ गते ।

भारत र जापानबिच समुद्री सहयोगसहित सुरक्षा सम्बन्ध सुदृढ बनाउने बिषयमा सहमति भएको छ । नयाँ दिल्लीमा दुवै देशका रक्षा मन्त्रीहरूको बिहीबार बसेको बैठकमा सुरक्षा सम्बन्ध सुदृढ बनाउने सहमति भएको हो ।

भारतका रक्षामन्त्री राजनाथ सिंह र उहाँका जापानी समकक्षी सिन्जिरो कोइजुमीबिचको वार्तापछि उहाँहरूले समुद्री सुरक्षा सहयोग सम्बन्धी एक स्मरणपत्रमा हस्ताक्षर गर्नुभएको उल्लेख बैठकपछि जारी संयुक्त विज्ञप्तिमा गरिएको छ । दुवै देश संयुक्त राज्य अमेरिका र अस्ट्रेलियासँगै तथाकथित क्वाड सुरक्षा गठबन्धनका सदस्य हुन् ।

यो समूहलाई हिन्द महासागर र फराकिलो एशिया-प्रशान्त क्षेत्रमा चीनको विस्तारित उपस्थितिलाई सन्तुलनमा राख्ने प्रयासका रूपमा हेरिन्छ । “दुवै मन्त्रीहरूले स्वतन्त्र र खुला इन्डो-प्यासिफिक रणनीति साकार पार्न रक्षा सहयोगलाई अझ गहिरो बनाउने आफ्नो प्रतिबद्धता दोहोर्याए,” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

“यस्तो सहयोग जापान र भारतका लागि मात्र होइन, क्षेत्र र अन्तर्राष्ट्रिय समुदायका लागि पनि अत्यन्त महत्त्वपूर्ण छ ।” नयाँ दिल्लीले टोकियोको पूँजी र प्रविधिलाई व्यापकरूपमा आकर्षण गर्न चाहेको छ, जसले भारतलाई घरेलु सैन्य हार्डवेयर उद्योग निर्माण गर्ने प्रयासमा सहयोग पुर्याने विश्वास भारतको छ ।

विज्ञप्तिमा भनिएको छ, “दुवै देशले नौसेना जहाज निर्माण र डिजाइनमा संयुक्त विकासको अन्वेषण गर्नुपर्छ । यसमा टोकियोको प्राविधिक विशेषज्ञता र नयाँ दिल्लीको ‘मेक इन इन्डिया’ पहल अन्तर्गतको उत्पादन क्षमतालाई संयोजन गर्नुपर्छ । कोइजुमीको यो भ्रमण प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाईमा जापानी समकक्षी सानाए ताकाइचीलाई आयोजना गरेपछि आएको हो ।

त्यस बेला उनीहरूले चीनको प्रभुत्व रहेको महत्वपूर्ण खनिज क्षेत्रमा अझ नजिकबाट सहकार्य गर्ने सहमति जनाएका थिए । त्यस बैठकपछि ताकाइचीले जापान र भारत ‘अर्थतन्त्रको हतियारीकरण तथा गैर-बजार नीति र अभ्यास’ जस्ता चुनौतीको सामना गरिरहेका चेतावनी दिनुभएको थियो ।

चीनको विदेश मन्त्रालयले मोदी र ताकाइचीको बैठकपछि टिप्पणी गर्दै भनेको थियो, “अन्तर्राष्ट्रिय सहयोगले ‘तेस्रो पक्षको हितलाई निशाना बनाउनु वा हानि पुर्याउनु हुँदैन । यसलाई विशेष समूह बनाउने वा द्वन्द्व बढाउने बहानाका रूपमा प्रयोग गर्नु हुँदैन ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ