काठमाडौँ, भदौ ४ गते ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बिचमा राष्ट्र बैंकका गर्भनर प्रा डा विश्वनाथ पौडेलसमक्ष उहाँले पद तथा गोपनियताको शपथ लिनुभएको हो ।
मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त हुनुभएको थियो । उहाँले आजै पदभारसमेत ग्रहण गर्नुभएको छ । गभर्नर पौडेलले डेपुटी गभर्नर रावललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो ।
डेपुटी गभर्नर रावल वि.सं.२०६२ माघ २ गते सहायक निर्देशकका रूपमा बैंक सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ वि.सं.२०६९ मा उप-दिर्देशक, वि.सं.२०७५ मा निर्देशक हुँदै वि.सं.२०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति हुनुभएको थियो । पदोन्नति पश्चात् उहाँले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आउनुभएको राष्ट्र बैंकले जनाएको छ ।