alliance khabar

आइतबार, साउन ३१, २०८३

काठमाडौँ,  साउन ३१ गते।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले भदौ १ गते अर्थात भोलिदेखि देशभरका आफ्ना मुख्य तथा शाखा कार्यालयहरू पूर्ण रूपमा बन्द गरी वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण काम-कारोबार तथा श्रमिकको उडान ठप्प पार्ने घोषणा गरेको छ ।

​सङ्घका महासचिव हिरा बहादुर डाँगी (हरि) द्वारा जारी विज्ञप्ति अनुसार, गत साउन ७ गते सम्पन्न बृहत् व्यवसायी भेलाको म्यान्डेट र साउन २२ गतेको पत्रकार सम्मेलनमार्फत घोषित चरणबद्ध सङ्घर्षका कार्यक्रम अनुसार यो निर्णय लिइएको हो। यसअघि पूर्व-अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोक्दै जारी श्रम स्वीकृति भएका श्रमिकको उडानका लागि दिइएको समयसीमा समाप्त भएसँगै व्यवसाय पूर्ण रूपमा ठप्प पार्न सम्पूर्ण इजाजतवाला संस्थाहरूलाई सूचित गरिएको छ।

​सङ्घले यो आन्दोलनलाई कुनै व्यक्ति वा समूहको तत्कालीन लाभ-हानिको विषय नभई पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियानका रूपमा व्याख्या गरेको छ। सरकार, मन्त्रालय, विभाग तथा सम्बन्धित निकायसँग समाधानका लागि संवाद, समन्वय र वार्ताका ढोकाहरू खुला राखिए पनि जायज मागहरूको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म सङ्घर्षका कार्यक्रम फिर्ता वा स्थगित नहुने विज्ञप्तिमा स्पष्ट पारिएको छ ।

​यसैबिच, सङ्घको आह्वान र निर्णयको अवज्ञा गरी लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय वा कारोबार सञ्चालन गर्ने संस्था तथा व्यवसायीलाई कडा कारबाही गरिने चेतावनी दिइएको छ। निर्णय विपरीत काम गर्ने संस्थाहरूको आवश्यक अभिलेख राखी भविष्यमा सङ्घबाट प्राप्त हुने सहयोग, संरक्षण तथा संस्थागत साथ उपलब्ध नगराइने र आन्दोलनको अन्त्यमा आयोजना हुने बृहत् समीक्षा भेलाबाट कारबाहीको प्रक्रिया अगाडि बढाइने सङ्घले जनाएको छ।

संघ विभिन्न म्यानपावर कम्पनीहरुमाथी कारबाही फिर्ता लिनुपर्ने , इजाजत नलिएको म्यानपावर कम्पनीहरु बन्द गराउनुपर्ने , सेवा शुल्क निर्धारण गर्नुपर्ने ,भारतको विमानस्थल प्रयोगमा गर्न पाउनुपर्ने र  नियमनको नाममा व्यवसायीहरूलाई दुख दिएको भन्दै विगत केही समयदेखि संघर्षरत थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ