alliance khabar

शुक्रबार, साउन २९, २०८३

कास्की,  साउन २९ गते ।

जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म २०औँ एसियाली खेलकुद आयोजना हुँदैछ । हरेक चार वर्षमा आयोजना हुने यस प्रतियोगिता एसियाली खेलाडीका लागि ठूलो खेल महोत्सव हो ।

प्रतियोगिता केवल एउटा प्रतियोगिता नभई खेलाडीको वर्षौंको मिहिनेत र सङ्घर्षलाई अन्तरराष्ट्रिय मञ्चमा प्रमाणित गर्ने अवसर बन्ने गरेको छ । प्रतियोगितामा नेपालबाट क्यानोइङतर्फ धनकुटाका विजय माझी र सिन्धुपाल्चोकका आशिष रानामगरले बलियो चुनौती पेस गर्दै हुनुहुन्छ ।

‘कायक स्लालोम’ र ‘कायक क्रस’ विधामा नेपालको प्रतिनिधित्व गर्न छनोट भएका दुवै खेलाडी एक महिनादेखि पोखराको फेवातालमा प्रशिक्षण गरिरहनुभएको छ । नेपाल -याफ्टिङ एन्ड क्यानोइङ सङ्घका प्रमुख प्रशिक्षक निमबहादुर मगरले खेलाडीलाई अभ्यास गराइरहनुभएको छ ।

विजयले लामो समयदेखि तमोर नदीमा ¥याफ्टिङ गाइडका रूपमा काम गर्नुभयो । तमोर नदीको तीव्र बहाव, जोखिमपूर्ण जलयात्रा र कठिन परिस्थितिमा पर्यटकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने क्रममा हासिल गरेको अनुभवले उहाँलाई अहिले एसियाली खेलकुदसम्म डोहोर्याएको छ ।

गाइडका रूपमा सिकेको अनुभव र सीपलाई खेलकुदमा रूपान्तरण गर्दै विजय अहिले नेपालको प्रतिनिधित्व गर्दै हुनुहुन्छ । “तमोर नदीमा पर्यटकलाई सुरक्षित रूपमा नदी पार गराउने जिम्मेवारीबाट म अहिले एसियाकै ठूलो प्रतियोगितामा सहभागी हुँदैछु । ¥याफ्टिङ गाइडका रूपमा नदीसँग गरेको अभ्यासले क्यानोइङमा धेरै सहयोग गरेको छ”, विजयले भन्नुभयो ।

विजयसँगै आशिष रानामगरले पनि नेपाली टोलीमा स्थान बनाउनुभएको छ । दुवै खेलाडीले कायक स्लालम र कायक क्रस विधामा प्रतिस्पर्धा गर्ने प्रशिक्षक मगरले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितालाई लक्षित गर्दै खेलाडीको प्राविधिक दक्षता, शारीरिक फिटनेस र प्रतिस्पर्धात्मक क्षमतामा विशेष ध्यान दिइएको छ । फेवाताल तथा आसपासका क्षेत्रमा नियमित प्रशिक्षणसँगै खेलाडीलाई अन्तरराष्ट्रिय प्रतिस्पर्धाको वातावरणअनुसार तयार पार्ने काम भइरहेको मगरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने खेलाडीलाई प्राविधिक र शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि तयार पार्न आवश्यक हुन्छ । सोहीअनुसार प्रशिक्षणलाई अगाडि बढाइरहेका छौँ ।”

फेवातालमा हुने नियमित प्रशिक्षणले पोखरालाई क्यानोइङ खेलाडी उत्पादन र प्रशिक्षणको सम्भावनायुक्त गन्तव्यका रूपमा स्थापित गर्न सहयोग गरेको मगरले बताउनुभयो । नेपालका नदी तथा ताल मनोरञ्जन र पर्यटनका आकर्षणमात्र नभई अन्तरराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने प्राकृतिक प्रशिक्षणस्थल बन्न सक्ने प्रशिक्षक मगरले बताउनुभयो । एसियन गेम्समा नेपालले विभिन्न २२ खेलमा सहभागिता जनाउनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ