alliance khabar

बुधबार, साउन २७, २०८३

मकवानपुर, साउन २७ गते  ।

बागमती प्रदेश सरकारले प्रदेशभर उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि सहुलियतमा ऋण अनुदान दिने भएको छ । प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, व्यापार, सूचना प्रविधि तथा स्र्टाटअप व्यवसाय कार्यक्रममार्फत उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि सहुलियतपूर्ण ऋणमा लाग्ने व्याजमा अनुदान प्रदान गर्ने भएको हो । प्रदेश सरकारले वैदेशिक रोजगारीबाट फर्किएका दक्ष जनशक्ति, घरेलु, सूचना प्रविधि तथा सिपमूलक उद्यमीलाई समेत लक्षित गरी ल्याइएको कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८३/८४ मा सहुलियतपूर्ण कर्जामा लाग्ने ब्याजमा अनुदान प्रदान गर्न २० करोड रुपियाँ विनियोजन गरिएको छ ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा मङ्गलबार हेटौँडामा आयोजित स्वरोजगार व्यवसाय कर्जा ब्याज अनुदान कार्यविधिको बारेमा सरोकारवाला निकायसँगको अन्तक्रिया कार्यक्रममा सो कुराको जानकारी गराएको हो । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले वित्तीय संस्थामा रहेको तरलता बढेको र लगानी हुन नसकेकाले अर्थतन्त्र चलायमान बनाउनसमेत नयाँ कार्यक्रम ल्याएको बताउनुभयो । उहाँले ब्याज अनुदान कार्यक्रमबाट मात्रै निजी क्षेत्रका व्यवसायीलाई सम्बोधन गर्नका लागि पाइलट प्रोजेक्ट रूपमा कार्यव्रmम ल्याएको बताउनुभयो । आर्थिक मामिला तथा योजना मन्त्रालय युवा स्वरोजगार कार्यव्रmम अन्तर्गत उद्योग व्यवसाय सञ्चालनका लागि ऋणमा ब्याज अनुदान प्रदान गर्न बजेट विनियोजन गरिएको जानकारी गराइएको थियो ।

“निजी क्षेत्रलाई अगाडि नबढाइ देशको अर्थतन्त्र चलायमान हुँदैन, अर्थतन्त्र चलायमान नभएसम्म प्रदेश र देशको पनि विकास हुँदैन भन्ने हाम्रो निष्कर्ससहित यो कार्यक्रम ल्याइएको हो,” उहाँले भन्नुभयो, “सुस्ताइरहेको र गति लिन नसकेको निजी क्षेत्रलाई टेवा पु-याउनु नै कार्यक्रमको उद्देश्य हो ।”मन्त्रालयका सचिव नारायणप्रसाद मैनालीले सहुलियतपूर्ण कर्जाको ब्याजमा अनुदान दिने कार्यक्रमले लगानीमैत्री वातावरण निर्माणसँगै रोजगारीको अवसर सिर्जनामा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष वेदबहादुर श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य शङ्कर गिरी, मन्त्रालयका प्रशासन महाशाखा प्रमुख नुमानन्द अधिकारीलगायतले सामूहिक लगानीलाईसमेत प्रोत्साहित गर्ने गरी कार्यविधि बन्नुपर्ने बताउनुभयो ।

प्रदेश सरकारले उपलब्ध गराउने सहुलियतपूर्ण कर्जाको ब्याजमा अनुदानका लागि बागमती प्रदेशभित्र सञ्चालन हुने कृषि उत्पादन एवं व्यवसायका क्षेत्र, उद्योग, पर्यटन व्यवसाय, व्यापार व्यवसाय, वन तथा वातावरणको क्षेत्र, महिला तथा दलित समुदायको उद्यमशीलता विकासको क्षेत्र र स्टार्टअप उद्यम क्षेत्रमा कर्जा प्रवाह हुने छ । प्रदेश सरकारसँग कार्यव्रmमका लागि सम्झौता गरेका बैङ्क तथा वित्तीय संस्थाले स्टार्टअप उद्योग क्षेत्र, कृषि, उद्योग व्यवसाय र पर्यटन व्यवसायतर्फ ५०–५० लाख, व्यापार व्यवसायतर्फ २० लाख, वन तथा वातावरणजन्य उद्योगतर्फ २५ लाख तथा महिला उद्यमशीलता र दलित समुदाय उद्यमशीलता विकासतर्फ १५–१५ लाख रुपियाँ कर्जा प्रवाह गर्न सक्ने गरी कार्यविधिमा प्रस्ताव गरिएको छ ।

सहुलियतपूर्ण कर्जाको अवधि बढीमा पाँच वर्ष हुने, कर्जामा बढीमा पाँच वर्षसम्म अनुदान प्राप्त हुने र बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा पाँच प्रतिशत ब्याज प्रदेश सरकारले अनुदान स्वरूप प्रदान गर्ने छ । बैङ्क तथा वित्तीय संस्थाले प्रवाह भएको कर्जामा आफ्नो आधार दरमा दुई प्रतिशतभन्दा बढी थप नहुने गरी ब्याजदर कायम गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ