बनेपा, साउन २५ गते ।
आइतबार साँझ परेको अविरल वर्षासँगै सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार सोमबार बिहान करिब ४ बजे बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ को पिन्थली र नार्केमा लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
सोमबार बिहानैदेखि राजमार्गमा पहिरोका कारण यातायात अवरुद्ध भएपछि सडक डिभिजन भक्तपुरसँग समन्वय गरी पहिरो पन्छाएर राजमार्ग सञ्चालनमा ल्याउने पहल भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।