alliance khabar

बिहिबार, साउन २१, २०८३

मकवानपुर, साउन २१ गते  ।

 बागमती प्रदेशमा सरकार बनाउन निर्णायक अवस्थामा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी तत्काल सरकारमा नजाने भएको छ । नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेसँगै नयाँ सरकार निर्माणका लागि विभिन्न अड्कलबाजी र जोडघटाउ सुरु भएको अवस्थामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा जान अनिच्छुक देखिएको हो ।

प्रदेश सरकारमा समर्थन र सहभागिताका विषयमा समेत छलफल गर्ने गरी काठमाडौँमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अहिले सत्ताको खेलमा नलाग्ने निर्णय गरेको हो । राप्रपाका नेता एवं बागमती प्रदेशका पूर्वसभामुख भुवनकुमार पाठकले प्रदेश सरकारका बारेमा छलफल भएको भन्दै तत्काल सत्ताको खेलमा नलाग्ने सहमति बनेको बताउनुभयो ।

प्रदेश सरकारमा सहभागिता र समर्थनका बारेमा कुनै निर्णय नभएको भन्नुहुँदै उहाँले अहिले प्रदेश सरकारमा जाने मनस्थितिमा नरहेको बताउनुभयो । उहाँले सहयोग र समर्थनका लागि औपचारिक रूपमा कुनै पनि दलबाट पत्र नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “आधिकारिक रूपमा पत्र आएपछि छलफल र निर्णय हुन्छ ।” बागमती प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीको वाम गठबन्धनलाई राप्रपाले समर्थन गर्दा सरकार निर्माण गर्न आवश्यक बहुमत पुग्छ । सत्तापक्ष र विपक्षबाट औपचारिक रूपमा समर्थन र सहयोगका लागि अनुरोध  नआएको बताउँदै नेता पाठकले सरकारका बारेमा अन्तिम निर्णय गर्ने अधिकार अध्यक्षलाई दिने गरी निर्णय भएको बताउनुभयो ।

नेकपा (एमाले) ले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेसँगै नयाँ सरकार बनाउन जोड घटाउ सुरु भएको हो ।

एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच विभिन्न प्रदेशमा सरकारको नेतृत्व गर्ने गरी केन्द्रमा सहमति भएसँगै बागमती प्रदेश सरकारको नेतृत्व गर्ने एमालेको भागमा परेको छ तर बागमती प्रदेशमा वाम गठबन्धनका प्रदेश सभा सदस्यले मात्र बहुमत पुग्दैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन र साथ दुई वामपन्थी दललाई आवश्यक पर्ने हुन्छ । हाल १०४ कायम रहेको प्रदेश सभा सदस्यबाट बहुमतका लागि ५३ जना आवश्यक हुन्छ । प्रदेश सभामा कांग्रेस ३६, नेकपाको २६, एमालेको उपसभामुखसहित २५ जना,  राप्रपा १२, नेपाल मजदुर किसान पार्टी तीन र हाम्रो नेपाली पार्टीको दुई जना प्रदेश सभा सदस्य रहेका छन् ।

नेकपाको २६ र एमालेको उपसभामुखसहित २५ जना गरी ५१ जना हुन्छ । जुन सरकार गठनका लागि पर्याप्त सङ्ख्या नहुँदा राप्रपाको साथ वाम गठबन्धनले खोज्दै आएका छन् । राप्रपाले निर्णय नगर्दा बागमती प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया थप लम्बिने भएको छ । वाम गठबन्धनले मुख्यमन्त्री बानियाँलाई बहुमत जुटाउन वा राजीनामा दिएर मार्ग प्रशस्त गर्न भन्दै आएको छ । यस्तै मुख्यमन्त्री बानियाँले कुनै पनि दलको बहुमत नपुगेको भन्दै आफूलाई समर्थन गर्न आग्रह गर्नुभएको छ । मुख्यमन्त्री बानियाँले बहुमत जुटाएर अन्य दल आएमा राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताउनुभयो ।

उता राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले राप्रपा संसदीय दललाई सहयोगको आग्रह गर्दै पत्र दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो संसदीय दलमा पत्र आएको हो पार्टी पार्टीबिच पत्राचार छलफल हुनु पर्छ भन्ने केन्द्रको आशय होला ।” हाम्रो नेपाली पार्टी सरकारमा मङ्गलबार सहभागी भइसकेको अवस्थामा बानियाँ नेतृत्वको सरकारलाई बहुमत पु-याउन १५ जना प्रदेश सभा सदस्य आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ