alliance khabar

बुधबार, साउन २०, २०८३

कालीकोट, साउन २० गते ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका प्रमुख एक सय पर्यटकीय गन्तव्य छनोट गर्ने क्रममा पचाल झरनालाई ६४ औँ स्थानमा सूचीकृत गरेको छ । ​समुद्री सतहबाट करिब ९७० मिटरको उचाइमा रहेको यो झरना ३८१ मिटर लामो छ ।

कर्णालीको कालीकोटमा अवस्थित पचाल झरना नेपाल सरकार र नेपाल पर्यटन बोर्डको प्रमुख पर्यटकीय गन्तव्यको सूचीमा नेपालकै पहिलो अग्लो झरनाका रूपमा सूचीकृत भएपछि यस ठाउँको चर्चा नै चुलिएको छ । तत्कालीन जिल्ला विकास समितिले जिपिएस प्राविधिबाट मापन गरे अनुसार ४१५ मिटर अग्लो रहेको थियो । पछिल्लो समय गाउँपालिकाले एक ठाउँमा ठोकिएको क्षेत्रलाई गणना नगर्दा ३८१ मिटर भएपछि यसैलाई आधार मानेर बोर्डले नेपालको पहिलो अग्लो झरनाको सूचीमा राखेको छ ।

यसअघि नेपालकै अग्लो मानिँदै आएको तेह्रथुमको ह्यातुङ झरना (३६५ मिटर) भन्दा यो १६ मिटर बढी अग्लो छ । औपचारिक नापजाँचपछि यो झरना नेपालको सबैभन्दा अग्लो झरनाका रूपमा स्थापित भएको छ भने एसियाकै अग्ला झरनामध्ये एकमा गणना भएको छ ।

झरनाकै नामबाट कालीकोटमा एक स्थानीय तहको नामसमेत पचालझरना गाउँपालिका राखिएको छ । जुन झरना गाउँपालिकाको वडा नं. ४ मा छ ।

​​खाँडाचक्र नगरपालिका र पचालझरना गाउँपालिकाको मध्यभागमा अवस्थित पचाल झरनाको मुहान प्रसिद्ध धार्मिक स्थल चुलिमालिकाको फेदबाट फुट्ने गर्छ । लेकाली भेगलाई आधार मानेर खाँडाचक्र नगरपालिकासमेत समेटिन पुगेको छ । झरना खस्ने क्षेत्र भने पचालझरना गाउँपालिका–४ मा पर्छ । यहाँबाट खसेको कञ्चन पानीको तीव्र धारा करिब १० किलोमिटर ओरालो बगेर अन्ततः कर्णाली नदीमा मिसिन्छ ।

पचालझरना गाउँपालिकाका निवर्तमान अध्यक्ष खड्कराज सेजुवालले आफ्नो पालामा जिपिएसमार्फत मापन गर्नेदेखि नेपाल पर्यटन बोर्डसम्म सबै अभिलेख पठाउने काम भएपछि सूचीकृत गराउन सहज भएको बताउनुभयो । कर्णाली कोरिडोरसँग जोडेर यसलाई भारतीय पर्यटक, जो मानसरोवर कैलाश दर्शनका लागि जानेको पनि आकर्षणको केन्द्र बनाउन गाउँपालिकाले पहल गरिरहेको छ । गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले दुर्गमका कुरा छिटो नसुन्ने र पूर्वाधार विकासमा लगानी गर्न पछि हट्ने भएकाले योजना अनुसारको प्रगति हुन नसकेको बताउनुभयो ।

​पचाल झरनाको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा प्रविधिमैत्री क्युआर कोडसमेत निर्माण गरी हस्तान्तरण गरिएको छ । यसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकले एकै क्लिकमा झरनाको भौगोलिक अवस्था, उचाइ र पुग्ने मार्गबारे विस्तृत जानकारी पाउने गरेका छन् । यसअघि यो झरना कुनै प्रविधिसँग नजोडिएकाले पर्यटकलाई सूचना पाउन समस्या थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ