alliance khabar

आइतबार, साउन १७, २०८३

काठमाडौँ, साउन १७ गते ।

राजन गुरुङ लगातार दोस्रो जित हासल गरी प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नुकर च्याम्पियनसिपको क्वाटरफाइनलमा पुग्न सफल हुनुभएको छ ।

काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा त्रिपुरेश्वरस्थित क्लबकै भवनमा भएको प्रतियोगिताको चौथो दिन शनिबार राजनले आयुष गौतमलाई बेस्ट अफ सेभेन अन्तर्गतको खेलमा ४–० ले सजिलै पराजित गर्नुभयो । यसअघि, उहाँले विकास महर्जनलाई ४–२ ले हराउनुभएको थियो । राजनसँग पराजित भएपछि विकासले शनिबार अमन कार्कीलाई ४–० ले हराएर अन्तिम आठमा पुग्ने आफ्नो सम्भावना कायम राख्नुभएको छ । यसै गरी पहिलो खेलमा हार बेहोरेका राजन लामाले पनि आफ्नो दोस्रो खेलमा जय महर्जनलाई रोमाञ्चक ढङ्गले ४–३ ले हराएर शीर्ष आठमा पुग्ने सम्भावना जिवित राख्नुभयो । जय र अमनले लगातार दोस्रो हार बेहोर्नुभएको हो ।

यस प्रतियोगितामा नेपालका शीर्ष १५ खेलाडीका साथै आयोजकका एक खेलाडीको पनि सहभागिता रहेको छ । प्रतियोगितामा १६ जनालाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट शीर्ष दुई खेलाडी क्वाटरफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ