alliance khabar

आइतबार, साउन १७, २०८३

काठमाडौँ, साउन १७ गते ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अगस्त १२ मा पर्ने अन्तर्राष्ट्रिय युवा दिवस सातै प्रदेशमा विविध कार्यक्रम गरी मनाउने भएको छ ।

दिवसमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पार्टीले संसदीय दलका प्रमुख सचेतक तथा सांसद कवीन्द्र बुर्लाकोटीलाई मूल समारोह समितिको संयोजकको जिम्मेवारी दिएको छ ।

पार्टीले युवा दिवसलाई भव्य रूपमा मनाउन प्रदेश समितिलाई आवश्यक निर्देशन तथा पत्राचार गरिसकेको छ । युवा सहभागिता, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखी अन्तव्रिर्mया, विचार गोष्ठी, प्रेरणादायी संवाद, स्वयंसेवा अभियान तथा अन्य सिर्जनात्मक कार्यव्रmम सञ्चालन गरिने जनाइएको छ ।

यस वर्ष अन्तर्राष्ट्रिय युवा दिवस ‘फरक परिवेश, साझा आकाङ्क्षा’ भन्ने नाराका साथ मनाइँदै छ । रास्वपाले दिवसलाई औपचारिक कार्यव्रmममा सीमित नराखी युवाको विचार, नवप्रवर्तन र नेतृत्व विकासलाई प्रोत्साहन गर्ने अभियानका रूपमा अघि बढाउने जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ