alliance khabar

बुधबार, साउन ०६, २०८३

वराहक्षेत्र, साउन ६ गते 

सुनसरी जिल्लामा साउनको पहिलो हप्तासम्म ८२ प्रतिशत धान रोपाइँ भएको छ । असार महिनाभर पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भए पनि किसानले बोरिङ, पैनी र नहरको पानीको सहायताले अधिकांश क्षेत्रमा रोपाइँ गरेका हुन् ।

कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार जिल्लामा ८१ हजार ७५६ हेक्टर खेतीयोग्य जमिन रहे पनि ४८ हजार नौ हेक्टर क्षेत्रफलमा मात्र धान खेती हुँदै आएको छ । साउनको पहिलो सातासम्म ८२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको उहाँले बताउनुभयो । उहाँका अनुसार असारभरि पर्याप्त वर्षा नहुँदा किसानले समयमा रोपाइँ गर्न सकेका थिएनन् ।

सुनसरीका अधिकांश खेतीयोग्य क्षेत्रमा अझै पनि पर्याप्त सिँचाइ सुविधा नपुगेकाले किसान आकासे पानीकै भरमा खेती गर्न बाध्य छन् ।  सिँचाइ सुविधा भएका स्थानमा भने बोरिङ मेसिन, पैनी तथा नहरको पानी प्रयोग गरेर रोपाइँ गरिएको छ ।

रामधुनीका कृषक हस्तबहादुर विष्टले नहरको पानीले मात्र धान खेती सम्भव नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “जति पानी पटाए पनि आकाशबाट वर्षा नभए जमिनले तुरुन्तै सोसिदिन्छ, रोपेको धानसमेत सुक्न थाल्छ ।”

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाका किसानले राधा–१२, सावित्री, एसआर–१६०१, हर्दिनाथ–१, हर्दिनाथ–६, तरहरा–२, रञ्जित र बिबी–११ लगायतका धानका जात लगाउँदै आएका छन् । सुनसरीका किसानले अझै पनि सिँचाइ सुविधा नहुँदा आकासे पानी र बोरिङ मेसिनकै भरमा धान खेती गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल