alliance khabar

सोमबार, साउन ०४, २०८३

काठमाडौँ, साउन ४ गते ।

 विश्व फुटबलको महाकुम्भ २३औँ फिफा विश्वकप–२०३६ स्पेनलाई च्याम्पियन बनाउँदै सकिएको छ ।

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० गोलले हराउँदै स्पेन च्याम्पियन बनेको हो ।

आर्थिक हिसावले हालसम्मकै ठूलो र महङ्गो मानिएको यस विश्वकपको उपाधिसँगै स्पेनले पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब ६६ करोड ५० लाख नेपाली रुपियाँ) पुरस्कार पाएको छ ।

यस पुरस्कार अघिल्लो संस्करणको भन्दा धेरै हो । सन् २०२२ को कतार संस्करणको विजेता अर्जेन्टिनाले चार करोड २० लाख अमेरिकी डलर पाएको थियो ।

यस्तै यसपटक उपविजेता अर्जेन्टिनाले तीन करोड ३० लाख, तेस्रो भएको इङ्ल्यान्डले दुई करोड ९० लाख र चौथो भएको फ्रान्सले दुई करोड ७० लाख अमेरिकी डलर पुरस्कार पायो ।

यस्तै पाँचौँ देखि आठौँ स्थानमा रहने टोलले एक करोड ९० लाख डलर, नवौँ देखि १६औँ स्थानमा रहनेले एक करोड ५० लाख,  १७औँ देखि ३२औँ स्थानमा रहने टोलीले एक करोड १० लाख र समूह चरणबाटै बाहिरिने टोलीले ९० लाख अमेरिकी डलर पुरस्कार पाएको छ ।

आयोजक विश्व फुटबल महासङ्घ (फिफा) का अनुसार विश्वकपमा सहभागी ४८ वटै टोलीलाई तयारी खर्च स्वरुप १५ लाख अमेरिकी डलर पनि उपलब्ध गराईएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल