alliance khabar

बुधबार, आषाढ ३१, २०८३

काठमाडौँ, असार ३१ गते ।

नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ६३ पैसा र बिक्रीदर १५४ रुपियाँ २३ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ १५ पैसा र बिक्रीदर १७५ रुपियाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ ५६ पैसा र बिक्रीदर २०६ रुपियाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८९ रुपियाँ १९ पैसा र बिक्रीदर १८९ रुपियाँ ९३ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ८१ पैसा र बिक्रीदर १०७ रुपियाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ०७ पैसा र बिक्रीदर १०९ रुपियाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ८५ पैसा र बिक्रीदर ११९ रुपियाँ ३२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ६६ पैसा र बिक्रीदर २२ रुपियाँ ७५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ९० पैसा र बिक्रीदर ४१ रुपियाँ ०६ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ १५ पैसा र बिक्रीदर ४२ रुपियाँ ३१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ८३ पैसा र बिक्रीदर ४१ रुपियाँ ९९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ६७ पैसा र बिक्रीदर ३७ रुपियाँ ८२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ २८ पैसा र बिक्रीदर १० रुपियाँ ३२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ८७ पैसा र बिक्रीदर १५ रुपियाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४३ पैसा र बिक्रीदर २३ रुपियाँ ५२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ६० पैसा र बिक्रीदर १९ रुपियाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर ४९९ रुपियाँ २० पैसा र बिक्रीदर ५०१ रुपियाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ४०७ रुपियाँ ४५ पैसा बिक्रीदर ४०९ रुपियाँ ०४ पैसा, ओमनी रियाल एकको खरिददर ३९९ रुपियाँ ०२ पैसा र बिक्रीदर ४०० रुपियाँ ५८ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल