alliance khabar

आइतबार, आषाढ २१, २०८३

मियामी, असार २१ गते ।

विश्वकप फुटबल २०२६ मा केभ भेर्डेविरुद्ध गोल गरेर अर्जेन्टिनाका लियोनेल मेसीले लगातार आठ विश्वकपमा गोल गर्ने खेलाडीको कीर्तिमान राख्नुभएको छ । पछिल्ला आठ विश्वकपमा मेसीले कुल १२ गोल गर्नुभएको छ । नवप्रवेशी केप भेर्डेविरुद्ध खेलको २९ औँ मिनेटमा मेसीले गोल गर्नुभयो । जुन विश्वकपका सर्वाधिक गोलकर्ता मेसीको २० औँ गोल भएको छ । विश्वकपका सर्वकालीन सर्वाधिक गोलकर्ता मेसीलाई फ्रान्सका किलियन एमबापेले पछ्याउँदै हुनुहुन्छ । मेसीभन्दा एमबापे मात्र दुई गोलले पछाडि हुनुहुन्छ । चालु विश्वकपमा मेसीले सात गोलसहित सर्वाधिक गोलकर्ताको होडमा एकल अग्रता बनाउनुभएको छ । यस दौडमा पनि मेसीलाई एमबापेले नै चुनौती दिइरहनुभएको छ । एमबापेले यस विश्वकपमा छ गोल गर्नुभएको छ । यसै गरी नर्वेका इर्लिङ हालान्ड र इङ्ग्ल्यान्डका हेरी केन पनि पाँच/पाँच गोलसहित गोल्डेन बुटको होडमा रहनुभएको छ । यस विश्वकपमा फ्रान्सका ओसमान डेम्बेले, स्पेनका मिकेल ओयरजाबल, ब्राजिलका भिनिसियस जुनयर र सेनेगलका इस्माइला सारले चार/चार गोल गर्नुभएको छ ।

विश्वकपमा मेसीले गोल्डेन बुट भने जित्न सक्नुभएको छैन । पछिल्लो संस्करणमा सात गोल गरेर पनि उहाँ एमबापेभन्दा पछाडि पर्नुभएको थियो । सन् २०१४ मा चार गोल गरेर उहाँ तेस्रो स्थानमा रहनुभएको थियो । मेसी सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने सूचीमा भने दोस्रो स्थानमा हुनुहुन्छ । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले १४६ र मेसीले १२४अन्तर्राष्ट्रिय गोल गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल