alliance khabar

आइतबार, आषाढ १४, २०८३

काठमाडौँ, असार १४ गते ।

 नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमनलाई पराजित गर्न लोकतान्त्रिक र वामपन्थी शक्ति कार्यगत एकताको माध्यमबाट अगाडि बढ्नुपर्ने बताउनुभएको छ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक राष्ट्रिय गोष्ठीमा उहाँले अहिले प्रतिगमनलाई पराजित गर्नु नै मुख्य कार्यभार भएको उल्लेख गर्नुभयो।

गोष्ठीलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “आज हामी यतिबेला समाजवाद निर्माण गर्ने दिशामा छौँ। यहाँ प्रतिगमनले हैरान पारेको अवस्थामा कताबाट समाजवाद निर्माण गर्नु ? त्यसैले यतिबेला प्रतिगमनलाई पराजित गर्ने काम नै मुख्य काम हो। प्रतिगमनलाई पराजित गर्न यतिखेर सम्पूर्ण लोकतान्त्रिक र वामपन्थी शक्तिहरू मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्छ र प्रतिगमनलाई परास्त गर्नुपर्छ।”

उहाँले २०४६ सालको ऐतिहासिक जनआन्दोलनको सन्दर्भ जोड्नुहुँदै सो समयमा निरंकुश राजतन्त्र र निर्दलीय पञ्चायती व्यवस्था अन्त्य गर्न लोकतान्त्रिक र वामपन्थी दलबिच सहकार्य भएको स्मरण गर्नुभयो।

अध्यक्ष ओलीले विगतको अनुभव सुनाउँदै भन्नुभयो, “त्यसबेला वामपन्थीको वाममोर्चा र नेपाली कांग्रेसबिच कार्यगत एकता भएको थियो। त्यही एकताका बलमा २०६ सालको आन्दोलन सफलतापूर्वक सम्पन्न गरियो र राजतन्त्रको निरंकुशता तथा निर्दलीय पञ्चायती व्यवस्थालाई हटाइयो, जुन एउटा ठुलो उपलब्धि थियो। त्यसबेला हामी आवश्यकताका आधारमा कांग्रेस र वामपन्थी शक्ति सबैसँग मिलेका थियौँ।”

नेकपा (एमाले) वैचारिक र सङ्गठनात्मक रूपमा सुदृढ र एकताबद्ध रहेको स्पष्ट पार्नुहुँदै उहाँले पार्टी आफ्ना उद्देश्यप्रति अत्यन्त सजग रहेको र सधैँ एकताबद्ध रहने दृढता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “हामी अहिले लडेका छौँ तर मरेका होइनौँ। हामी विध्वंशको बाटोबाट होइन, रचनात्मक र शान्तिपूर्ण बाटोबाट अग्रगामी परिवर्तनतर्फ दृढतापूर्वक अगाडि बढ्छौँ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल